Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह

भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह

बुधबार, भदौ १० २०८३
बुधबार, भदौ १० २०८३
  • काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिए । उनले विपद् व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गरे ।

    विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए ।

    प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते बिहीबार दिनको १ः०० बजे बस्नेछ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij