Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

राष्ट्रिय अपाङ्ग महासंघको ३४औँ स्थापना दिवस सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघको ३४औँ स्थापना दिवस सम्पन्न

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • हेटौँडा। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा ३४औँ स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    images

    २०८३ भाद्र १५ गते आयोजित कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेशका उपाध्यक्ष, सचिवलगायत पदाधिकारी तथा मकवानपुर जिल्लामा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    1cde8d91-8b77-4b92-9fde-80fc03940bde.jpg

    कार्यक्रममा सहभागीहरूले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार समान अवसर सम्मानजनक जीवन तथा सामाजिक समावेशीकरणका विषयमा छलफल गरेका थिए।

    अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यका हरेक संरचना र अवसरमा समान पहुँच सुनिश्चित गर्न सरोकारवाला निकायबीच थप सहकार्य र समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

    affa8d8a-df95-40ea-8757-4cdcfbac8536.jpg

    स्थापना दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि महासंघले गर्दै आएको अभियानलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।

    कार्यक्रममा उपस्थित पदाधिकारी तथा संघसंस्थाका प्रतिनिधिहरूले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार र सम्मानका लागि निरन्तर एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij