Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

ग्यास नपाएपछि खाली सिलिन्डरसहित प्रदर्शन

ग्यास नपाएपछि खाली सिलिन्डरसहित प्रदर्शन

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ चोरकाटेमा खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै स्थानीयले खाली सिलिन्डरसहित प्रदर्शन गरेका छन्।

    images

    मंगलबार चोरकाटेस्थित मध्यपहाडी लोकमार्गमा स्थानीयले खाली ग्यास सिलिन्डरसहित प्रदर्शनमा उत्रीएका हुन्। सदरमुकाम क्षेत्रका डिपोबाट मात्रै ग्यास वितरण हुने र गाउँका खुद्रा पसलमा पर्याप्त मात्रामा ग्यास नपठाइएको भन्दै उनीहरूले विरोध जनाएका छन्।

    ग्यास पाउने आशामा लामो समयदेखि नाम टिपाए पनि अहिलेसम्म नपाएको उपभोक्ताहरूको गुनासो छ। गाउँमा ग्यासको नियमित आपूर्ति नहुँदा उपभोक्ता खाली सिलिन्डर बोकेर डिपो तथा पसल धाउनुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन्।

    ग्यासको आपूर्ति सहज हुन नसक्दा पछिल्ला महिनादेखि देशका विभिन्न क्षेत्रमा उपभोक्ताले अभाव र वितरणसम्बन्धी समस्या झेल्दै आएका छन्। आपूर्ति प्रणालीमा सुधार भएको दाबी भइरहे पनि ग्रामीण क्षेत्रमा पर्याप्त ग्यास नपुग्दा उपभोक्ताले अझै सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij