Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

ग्यास अभावबारे उद्योगीसँग मन्त्री साहको विशेष छलफल

ग्यास अभावबारे उद्योगीसँग मन्त्री साहको विशेष छलफल

शुक्रबार, भदौ २६ २०८३
शुक्रबार, भदौ २६ २०८३
  • काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको अभाव वितरण प्रणालीमा देखिएका समस्या र यसको सहज आपूर्तिको विषयमा छलफल गर्न नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आज बेलुकी ५ बजे विशेष छलफलको आह्वान गरेका छन् ।

    images

    बजारमा ग्यासको सहज आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न मन्त्री साहले आज बेलुकी ५ बजेका लागि उद्योगी तथा सम्बन्धित उद्योगीहरूलाई बैठकमा आमन्त्रण गरेका हुन् ।

    पछिल्लो समय ग्यास नपाएर नागरिकहरूले लाइनमा बस्नुपरेको र विभिन्न स्थानमा कालोबजारी बढेको गुनासो बढेसँगै मन्त्री साहले यसमा चासो देखाएका छन् ।

    तयारीबारे जानकारी दिँदै नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले भने ‘बजारमा देखिएको ग्यासको समस्याको  विषयमा छलफल गर्न  मन्त्रीज्यूले आज बेलुकी ५ बजे हामीलाई छलफलका लागि बोलाउनुभएको छ ।

    यस बैठकमा हामी ग्यासको सहज वितरण र देखिएका समस्याका बारेमा गम्भीर कुरा राख्छौँ ।’उनका अनुसार हाल विभिन्न सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको भए पनि वितरण प्रणालीमा अझै केही सुधार गर्नुपर्ने देखिएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij