Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

उपसभामुख महाअभियोग प्रकरण

महाअभियोग जायज कि रास्वपा सिध्याउने खेल ?

महाअभियोग जायज कि रास्वपा सिध्याउने खेल ?

बुधबार, भदौ ४ २०८२
बुधबार, भदौ ४ २०८२
  • काठमाडौं : सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाइ हटाउने प्रयास थालेपछि राजनीतिक माहौल निकै तातेको छ । दुवै पार्टीले हिजोदेखि हस्ताक्षर अभियान थाली रानालाई हटाउने प्रस्ताव अघि सार्ने योजना बनाइसकेका छन् । यद्यपि दुवै पार्टीभित्र रानाविरुद्ध महाअभियोग लगाउने प्रस्ताव सम्बन्धमा नेताहरु दुई खेमामा विभाजित भएका छन् ।   

    images

    आफ्ना सांसदहरूलाई सिंहदरबार बोलाएर हस्ताक्षर गर्न निर्देशन दिएपछि नेताहरु प्रस्ताव लान हुने वा नहुने भन्ने विषयमा विभाजित भए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख हटाउने प्रस्ताव तत्काल अघि नबढ्ने बताउँछन् भने कांग्रेस महामन्त्री  गगन थापाले बहुमत हुँदैमा जे पनि गर्न नपाइने बताउँछन् । उता रास्वपा पार्टीले भने आफ्नो पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित रानाको पद खोस्न नपाइने तर्क गरिरहेको छ । 

    संसदमा समेत खाली कागजमा उपसभामुख विरुद्ध हस्ताक्षण लिने कार्यको राप्रपाले विरोध जनाएको छ । 

    उपसभामुख हटाउन हस्ताक्षर संकलनको निर्णय सोमबार साँझ बालुवाटारमा बसेको कांग्रेस–एमाले बैठकबाटै भएको थियो । त्यो बैठकमा कांग्रेस र एमालेका शीर्ष नेता सहभागी थिए । यसै सन्दर्भ आजको भक्सपपमा हामीले आमनागरिकलाई पद अनुकूल आचरण नगरेको भन्दै उपसभामुखलाई हटाउन कांग्रेस एमालेको हस्ताक्षर अभियानलाई के भन्नुहुन्छ भनेर सोधेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij