Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

बानेश्वर, महाराजगञ्ज र दरबारमार्गमा कर्फ्यु

बानेश्वर, महाराजगञ्ज र दरबारमार्गमा कर्फ्यु

कर्फ्युको समय सोमबार दिउँसो १  बजेदेखि राति १० बजेसम्म कायम गरिएको छ ।

सोमबार, भदौ २३ २०८२
सोमबार, भदौ २३ २०८२
  • काठमाडौं । जेन जीले आह्वान गरेको प्रदर्शन अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ । बानेश्वरसंगै महाराजगञ्जस्थित शीतलनिवास क्षेत्र अन्तगर्त महाराजगञ्जको उत्तर पूर्व प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म कर्फ्यु लगाइएको छ । 

    images


    त्यस्तै, लैनचौरस्थित उपराष्ट्रपति निवास आसपास पनि  कर्फ्यु लगाइएको छ । सो स्थानको केशर महल चोकदेखि लैनचौर मोडहुँदै मल्ल होटलसम्म सिमाना कायम गरिएको छ ।

    दरबारमार्ग स्थित नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा पनि  कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचनामा जनाइएको छ, जसमा केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिणा गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिकसम्म तोकिएको छ । 

    Karfue-bhadau 23.jpg

    यता मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आसपास, भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षकको कार्यालयहुँदै अनामनगर क्षेत्रसम्म, सर्वोच्च अदालत परिसर हुँदै पुरातत्त्व विभागको चोकसम्म कर्फ्यु जारी गरिएको हो । 

    कर्फ्युको समय सोमबार दिउँसो १  बजेदेखि राति १० बजेसम्म कायम गरिएको छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij