Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
  • काठमाडौं हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । 

    images

    सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए । 

    अहिले तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी नआउदा खाना पकाउन तथा व्यक्तिगत सरसफाइमा पनि समस्या परेको स्थानीय बताउछन। एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ ।  

    हिउँदको समय बिहानको पानीमा बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारवासीले खानेपानीको समस्या झेल्दै आउइरहेका छन ।  

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij