Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

जलवायु परिवर्तनको बढ्दो प्रभावबारे सचेत बनौ

जलवायु परिवर्तनको बढ्दो प्रभावबारे सचेत बनौ

बुधबार, चैत ४ २०८२
बुधबार, चैत ४ २०८२
  • काठमाडौं। नेपालको राष्ट्रिय जलवायु नीति तथा रणनीतिबारे संवाद, सामान्य टिप्पणी नं. २६ को कार्यक्रममा सहभागीहरूसँग हामीले भक्सपप लिएका छौ । आजको समयमा जलवायु परिवर्तन विश्वभरि गम्भीर समस्या बनेको छ। पृथ्वीको तापक्रम बढ्दै जानु, मौसमको ढाँचा परिवर्तन हुनु र प्राकृतिक विपत्तिहरू बढ्नु जलवायु परिवर्तनका मुख्य सङ्केतहरू हुन्। यसको प्रभाव विश्वका धेरै देशहरूमा देखिएको छ, र नेपाल पनि यसबाट अछुतो छैन। 

    images

    पछिल्ला वर्षहरूमा नेपालमा बाढी, पहिरो, खडेरी, डढेलो तथा अनियमित वर्षा जस्ता घटनाहरू बढ्दै गएका छन्। यस्ता समस्याले मानिसहरूको दैनिक जीवन, कृषि, वन तथा जलस्रोतमा ठूलो असर पारिरहेको छ। नेपालमा विशेषगरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव धेरै देखिएको छ। तापक्रम बढ्दै जाँदा हिमालका हिउँ र हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। हिमनदीहरू पग्लँदा हिमतालहरूमा पानीको मात्रा बढ्छ र हिमताल फुट्ने जोखिम पनि बढ्छ। यदि हिमताल फुटेमा तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरू ठूलो बाढीको जोखिममा पर्न सक्छन्। यसले जनधनको ठूलो क्षति पुर्‍याउन सक्छ। 

    नेपाल कृषि प्रधान देश भएकाले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पनि ठूलो असर पारेको छ। अधिकांश मानिसहरूको जीवनयापन खेतीपातीमा निर्भर छ। तर मौसमको अनियमितताका कारण किसानहरूले विभिन्न कठिनाइहरू भोगिरहेका छन्। कहिले समयमै वर्षा नहुने, कहिले अत्यधिक वर्षा हुने जस्ता समस्याले बाली उत्पादन घटिरहेको छ। यसले खाद्य सुरक्षामा पनि चुनौती सिर्जना गरेको छ।

    जलवायु परिवर्तनले मानिसको स्वास्थ्यमा समेत ठुलो असर परेको छ। विशेषत: वालवालिका, यु्वा र गर्भवती महिलाहरूमा यसको ठुलो प्रभाव देखिन्छ । यस समस्याको समाधानका लागि सरकार, विभिन्न सङ्घसंस्था र आम नागरिक सबैको सहकार्य आवश्यक हुन्छ । जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि व्यक्तिगत स्तरमा पनि धेरै उपायहरू अपनाउन सकिन्छ। रूख रोप्ने, वन संरक्षण गर्ने, प्लास्टिकको प्रयोग घटाउने, ऊर्जा बचत गर्ने र नवीकरणीय ऊर्जाको प्रयोग बढाउने जस्ता कदमहरू महत्वपूर्ण छन्। साथै वातावरण संरक्षणबारे जनचेतना फैलाउनु पनि अत्यन्त आवश्यक छ।

    युवाहरूले वृक्षारोपण, वातावरणीय सचेतना अभिवृद्धि, सरसफाइ अभियान तथा दिगो जीवनशैलीको अभ्यासमार्फत जलवायु परिवर्तनको असर कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने उनीहरूको भनाई छ ।

    सहभागीहरूले जलवायु परिवर्तनको चुनौती सामना गर्न सरकार, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय तथा युवाबीच सहकार्य आवश्यक रहेको सहभागीले बताए। उनीहरूको भनाइमा जलवायु परिवर्तनको दीर्घकालीन समाधानका लागि सचेतना, नीति कार्यान्वयन र युवाको सक्रियता महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

    जलवायु परिवर्तनले मुख्यतय वालवालीका र युवाहरूलाई यसले असर पार्ने उनीहरूके भनाई छ । यसको समाधानका लागी युवाहरूको ठुलो भूमिका रहने उनिहरूले बताए ।



     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij