Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

'बुवाको मृत्युको खबर २ महिनापछि थाहा पाँए'

'बुवाको मृत्युको खबर २ महिनापछि थाहा पाँए'

आइतबार, वैशाख २० २०८३
आइतबार, वैशाख २० २०८३
  • काठमाडौं। सिराहाबाट झण्डै १२ वर्षअघि काठमाडौं छिरेका ४५ वर्षीय गम्भीरलाल मण्डलको दैनिकी बिहान ७ बजेदेखि नै सुरु हुन्छ। हातमा काठका औजार र मनमा परिवारको जिम्मेवारी बोकेर उनी बेलुका ७ बजेसम्म निरन्तर खटिइरहन्छन्। लालको कथा केवल एउटा मजदुरको कथा मात्र होइन, यो अभावसँग जुधेर अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका हजारौँ 'भुइँमान्छे' हरूको साझा प्रतिनिधि आवाज हो।

    images

    लालको बाल्यकाल सुखद रहेन। सानै उमेरमा बुवा गुमाएपछि घरको आर्थिक अवस्था नाजुक बन्यो। उनी भन्छन्, 'पढ्न त मन थियो तर पारिवारिक अवस्थाले साथ दिएन, दुई-तीन कक्षाभन्दा अगाडि बढ्न सकिएन।'  घरको जेठो छोरोभएकाले काँधमा जिम्मेवारीको भारी सानैमा आइलाग्यो। गाउँमा रोजीरोटीको उपाय नदेखेपछि उनी सानै उमेरमा कामको खोजीमा भारत (इन्डिया) पसेका थिए।

    विगत १५-१६ वर्षदेखि लाल 'कार्पेन्टर' को काममा आबद्ध छन्। अहिले उनी काठमाडौंको एक प्रतिष्ठित होटलमा दैनिक १२ घण्टा खटेर ड्रइङ अनुसारका दराज, टेबल र फर्निचरका सामग्रीहरू तयार पार्छन्। महिनाको झण्डै ३५ हजार रुपैयाँ कमाउने उनी यही पारिश्रमिकबाट गाउँमा रहेका आमा, श्रीमती, दुई छोरा र एक छोरीको लालनपालन गरिरहेका छन्। 'काम गर्‍यो भने ठिकै हुन्छ, नगरे घाटा लाग्छ।'

    लालले जीवनमा धेरै उतार चढाब  खाएका छन्। पैसा कमाउने आशमा उनी साउदी र कतार पनि पुगे। तर त्यहाँको प्रचण्ड गर्मीमा बेल्चाले माटो फाल्ने काम निकै कष्टकर थियो। त्यहीँ रहँदा उनलाई खुट्टाको समस्या (बाथ) ले सतायो। कम्पनीले उपचारमा सहयोग नगरेपछि आफ्नै खर्चमा उपचार गर्न उनी स्वदेश फर्किए। स्वदेशमा पनि कतिपय अवस्थामा उनी ठगिएका छन्। एकपटक घर जाने बेला बसभित्रैबाट कसैले उनको खल्तीको पैसा चोरिदियो, तर ठेकदारको सहयोगमा उनी घरसम्म पुग्न सफल भए।

    वर्षौँको विदेशी भूमि र काठमाडौंको व्यस्त ड्युटीपछि लाल थकित भएका छन्। ४५ वर्षको उमेर पुगेका उनी अबको केही वर्षमा काम छाडेर गाउँमै फर्की खेतीपाती गर्ने योजनामा छन्। उनी भन्छन्, 'आफ्नो काम र खेतीपाती नै सबैभन्दा सजिलो हो।' काम नपाएर भौँतारिरहेका वा विदेश जान चाहनेहरूलाई उनको एउटै सन्देश छ 'मजदुरी सानो हुँदैन, आफ्नै देशमा इमानदारीपूर्वक मेहनत गर्ने हो भने आफ्नो र परिवारको जीवन सजिलै चलाउन सकिन्छ।'

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij