Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

तरकारी तथा फलफूलमा विषादीको मात्रा मापदण्डभित्र

तरकारी तथा फलफूलमा विषादीको मात्रा मापदण्डभित्र

शुक्रबार, भदौ ५ २०८३
शुक्रबार, भदौ ५ २०८३
  • काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा तरकारी तथा फलफूलमा गरिएको जीवनाशक विषादी परीक्षणको नतिजा सार्वजनिक गरेको छ।

    images

    विभागका अनुसार २०८३ साउन १ देखि साउन ३१ गतेसम्म विभाग, विभाग मातहतका सातवटा प्रदेशस्थित आठवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा १२ वटा नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएको हो।

    यस अवधिमा द्रुत विषादी परीक्षण विधि (RBPR) तथा Gas Chromatography Mass Spectroscopy-Mass Spectroscopy (GCMS-MS) विधिबाट परीक्षण गरिएको विभागले जनाएको छ।

    विभागको विवरणअनुसार साउन महिनामा कुल ५ हजार ४२२ वटा नमुना परीक्षण गरिएको थियो। तीमध्ये RBPR विधिबाट परीक्षण गरिएका नमुनामा ५ हजार ४१८ वटा अनुकूल र कुनै पनि नमुना प्रतिकूल नदेखिएको उल्लेख छ। त्यस्तै, GCMS-MS विधिबाट परीक्षण गरिएका नमुनामा पनि प्रतिकूल नमुना नभेटिएको विभागले उल्लेख गरेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij