Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

भोटेकोसी बाढी : सातजनाको भेटियो शव

भोटेकोसी बाढी : सातजनाको भेटियो शव

बुधबार, भदौ १० २०८३
बुधबार, भदौ १० २०८३
  • काठमाडौं । भोटेकोसी नदीमा बुधबार आएको बाढीका कारण रसुवा र धादिङमा सातजनाको शव फेला परेको छ ।

    images

    वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको हो । फेला परेका शवको पहिचान भने खुल्न सकेको छैन ।

    बुधबार भोटेकोसी नदीमा आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीपछि नदी किनार तथा प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

    बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij