Logo

सोमबार, कात्तिक ३ २०८३

सोमबार, कात्तिक ३ २०८३

मन्त्री चौधरीसँग पाकिस्तानी राजदूतको भेटवार्ता

मन्त्री चौधरीसँग पाकिस्तानी राजदूतको भेटवार्ता

शुक्रबार, असोज २ २०८३
शुक्रबार, असोज २ २०८३
  • काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

    images

    मन्त्री चौधरीसँगको शिष्टाचार भेटमा जलवायु परिवर्तन, हिमनदी अनुगमन, प्रारम्भिक चेतावनी प्रणाली, विपद् जोखिम न्यूनीकरण, कृषि तथा विपद्पछिको पुनर्निर्माणमा दुई देशबीच अनुभव, प्रविधि, सूचना तथा तथ्यांक आदानप्रदान गर्ने विषयमा छलफल भएको हो।

    राजदूत खानले नेपालमा हालै भएका विपद्पछि पाकिस्तान सरकार व्यावहारिक तथा ठोस सहकार्य गर्न इच्छुक रहेको बताए। उनले विपद्पछिको पुनर्निर्माण तथा जलवायु उत्थानशील प्रविधिसम्बन्धी पाकिस्तानका अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको जानकारी दिए।

    भेटमा नेपाल र पाकिस्तानका साझा पर्वतीय तथा जलवायु मुद्दालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका क्षेत्रीय मञ्चमार्फत पर्वतीय मुलुकका साझा मुद्दा उठाउने विषयमा पनि जोड दिइएको थियो।

    मन्त्री चौधरीले जलवायु परिवर्तन, हिमनदी र विपद्का जोखिमलगायत साझा चुनौती सामना गर्न दुई देशबीच सूचना, तथ्यांक, प्रविधि र अनुभवको आदानप्रदान आवश्यक रहेको बताइन्। कृषि लगायत सम्भावित क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उनको भनाइ थियो।

    भेटमा नेपाल–पाकिस्तानबीच विपद् व्यवस्थापनसम्बन्धी निकायहरूबीच संस्थागत सहकार्य विकास गर्ने तथा जलवायु परिवर्तनसम्बन्धी थप समन्वय गर्ने विषयमा पनि छलफल भएको थियो। साथै, नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे कुराकानी भएको थियो।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij