Logo

सोमबार, कात्तिक ३ २०८३

सोमबार, कात्तिक ३ २०८३

सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न

सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • काठमाडौं । सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतामा सुशासन र पैरवीसम्बन्धी दुईदिने तालिम काठमाडौंको पुरानो नैकापमा सम्पन्न भएको छ।

    images
    21bfc56e-8eb6-489b-b07f-b06418198f94.jpg

     

    खानेपानी तथा सरसफाइ महिला मञ्च बागमती प्रदेश र मधेश प्रदेशले आयोजना गरेको तालिम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ ( फेडवासन) र वाटरएड नेपालको सहयोगमा  २०८३ असोज ४र५ गते सञ्चालन गरिएको थियो ।

    c98e489a-3aeb-43a1-8cdd-74195352c3d8.jpg

    तालिममा विशेषगरी महिलाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सुरक्षित खानेपानीको पहुँच, सरसफाइ तथा स्वच्छता, खानेपानी तथा सरसफाइ क्षेत्रमा सुशासन, नागरिकको भूमिका तथा अधिकार र प्रभावकारी पैरवीका विषयमा जानकारी तथा सीप प्रदान गरिएको आयोजकले जनाएको छ।

    WhatsApp Image 2026-09-21 at 4.47.48 PM.jpeg

    तालिमले खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व अभिवृद्धि गर्नुका साथै स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँग प्रभावकारी रूपमा पैरवी गर्न आवश्यक ज्ञान र क्षमता विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    WhatsApp Image 2026-09-21 at 4.47.54 PM.jpeg

    कार्यक्रममा सुरक्षित खानेपानी तथा सरसफाइ सबै नागरिकको आधारभूत आवश्यकता भएकाले यसको सुनिश्चितताका लागि समुदाय, महिला समूह, उपभोक्ता समिति, स्थानीय सरकार तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

    9ed88df4-6640-48d2-850d-e9c1a7bbd9df.jpg

    खानेपानी, सरसफाइ तथा स्वच्छताका सवालमा महिलाको सहभागिता र नेतृत्व बढाउँदै समुदायस्तरबाटै आवाज उठाउन तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन तालिम महत्वपूर्ण रहेको सहभागीहरूले बताएका थिए।

    WhatsApp Image 2026-09-21 at 4.47.50 PM.jpeg

    'सुरक्षित खानेपानी तथा सरसफाइ, सबैका लागि' भन्ने मूल भावनालाई आत्मसात् गर्दै सम्पन्न तालिमले खानेपानी तथा सरसफाइका क्षेत्रमा सुशासन र प्रभावकारी पैरवीका लागि महिलाको भूमिका थप सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij