Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कस्ता सतर्कता अपनाउने ?

बैशाख १२ : सम्झनासंगै जोखिम बढ्दै

बैशाख १२ : सम्झनासंगै जोखिम बढ्दै

भूकम्पप्रतिरोधी भवन बनाउँदा सिक्नैपर्ने न्यूनतम मापदण्डहरु के के छन् ?

शुक्रबार, वैशाख १२ २०८२
शुक्रबार, वैशाख १२ २०८२

  • काठमाडौं । आजभन्दा १० वर्ष अगाडि २०७२ साल बैशाख १२ गते । बैशाख १२ भन्ने वित्तिकै त्यो दिनको सम्झना अझै पनि नेपालीको मानसपटलमा छर्लंग हुन्छ । सामान्य रुपमा गइरहेको शनिबार बिहानको समयमा ठीक ११ बजेर ५६ मिनेट जाँदा भने अचानक आएको ठूलो भूकम्पले सबै तहसनहस गरिदिएको थियो। गोरखा बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पले कैयौंको ज्यान गयो भने भौतिक संरचना तहसनहस बनायो । त्यसयता नेपालकै विभिन्न स्थानलाई केन्द्रविन्दू बनाएर अहिलेसम्म पनि पराकम्पनको महसुस हामीले गर्दै आइरहेका छौं । 
    त्यत्तिबेलाको समयलाई सम्झने हो भने १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पले ८७८९ जनाको मृत्यु, २२३०९ जना घाइते हुनुका साथै ५,११,३९० घरहरु ध्वस्त भए भने २,८६,७६७ घरहरु आंशिक रुपमा क्षतिग्रस्त भए । विशेषगरि, माटोको जोडाइ भएको ईट्टाबाट निर्मित पूराना घर तथा ढुङ्गाबाट बनेका सरचनाहरु भत्किए अनि धेरैको ज्यान गयो । त्यो भूकम्पले नेपालको युनेस्को विश्व सम्पदा सूचीमा रहेका शताब्दी पूराना संरचनाहरु, सयौं वर्ष पूराना ऐतिहासिक धरोहरहरु आंशिक वा केही त पूर्ण रुपमै क्षतिग्रस्त बने । सगरमाथा तथा लाङटाङमा हिमपहिरो गयो । यस महाभूकम्पका कारण ६१ दशमलब ८८ मिटर अग्लो नौतले धरहरा ढल्यो । धरहरा ढलेपछि त्यसैले थिचेर कैयोले ज्यान गुमाए । सरकारको तथ्यांक अनुसार त्यस भूकम्पले ८ खर्ब ८१ अर्बको क्षति गरेको थियो ।

    images

    संयूक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले बताए अनुसार जमिनको सतह भन्दा ९ माइल तल रहेको एक चट्टान सरेका कारण भूकम्प गएको थियो । त्यतिबेला कसैले परिवार गुमाए त कसैको घरबार गुम्यो । भूकम्प गएलगत्तै नेपाल सरकारले सबै क्षेत्र तथा निकायसंग समन्वय गरी पुनस्र्थापनाको काम गरेको थियो । पूनर्निर्माणका केही काम भने अझै उस्तै अवस्थामा छन । 

    नेपालको भौगोलिक संरचना र भूगर्भीय अवस्थाको कारण, हामी अझै पनि भूकम्पको उच्च जोखिममै रहेको अध्ययन अनुसन्धानले देखाउँछ । विशेषगरी धेरै जनघनत्व रहेको राजधानी शहर काठमाडौं यसको उच्च जोखिममा परेको क्षेत्र हो । 

    २०७२ सालको भुकम्प एक ऐतिहासिक घटना मात्रै नभएर एक सिकाइ पनि हो । अनि हामीलाई हाम्रो भौगोलिक अवस्था र निम्तिन सक्ने जोखिमबारे झक्झक्याइरहने घटना पनि हो । यसै घटनाबाट सिकेर अब बन्ने हाम्रा भौतिक पूर्वाधार र संरचना भूकम्प प्रतिरोधी  कसरी बनाउने भन्ने विषयमा हामीले शहर विकास तथा भवन निर्माण सम्बन्धि सरकारी परियोजनामा लामो समयदेखि क्रियाशिल शहरी योजनाकार दिपक श्रेष्ठसंग गरेको कुराकानी हेरौं है त :

     

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij