काठमाडौँ। भ्रष्टाचार गर्नेको छानबिन तथा कारबाही सहितका मुख्य माग राखी जेन जीले भदौ २३ र २४ गते आन्दोलन गरेको थियो। उक्त आन्दोलन पश्चात् सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छिन्।
प्रधानमन्त्री बनेपछि उनले असोज ९ गते पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गरेकी छिन् । सम्बोधनमा उनले अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन गराउने भए पनि जेनजीका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । तर यहाँ प्रश्न उठ्छ- के ठुला दलका शीर्ष नेतामाथि लागेका भ्रष्टाचारका आरोप छानबिन तथा कारबाही गर्न यो सरकार समर्थ छ ?
भक्सपपको यो शृङ्खलामा हामीले यसै सन्दर्भमा आम नागरिकको धारणा लिएका छौँ। हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तै :


