Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

सयपत्रीको सुवासमा बृद्धबृद्धाको मुस्कान

सयपत्रीको सुवासमा बृद्धबृद्धाको मुस्कान

बिहीबार , कात्तिक ६ २०८२
बिहीबार , कात्तिक ६ २०८२
  • काठमाडौँ। तार्केश्वर नगरपालिकामा अवस्थित नवजीवन परोपकार समाजमा हामी पुग्दा बृद्धबृद्धाहरू व्यस्त देखिन्थे। कोही सयपत्री फूल टिपीरहेका थिए भने कोही त्यही सयपत्री मालाको फूल ऊनीरहेका थिए। 

    images

    यस आश्रमलाई फूल आश्रम पनि भन्ने गरिन्छ। यस संस्थामा आश्रित बृद्धबृद्धाहरू आफैं परिश्रम गरेर फूल फूलाउँछन् । तिहार आएपछि तीनै बुद्धबृद्धाको फलस्वरूप आश्रममा ढकमक्क सयपत्री फूल फूल्छन्। उनीहरूले बिगत चार वर्षदेखि यसरी फूल फूलाईरहेका छन्। 

    यो एक सामाजिक सेवा केन्द्रित गैर नाफामूलक संस्था हो, जसले मानव  उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल हुन्, जसले लामो समयदेखि व्यापार छोडेर जन-जीवन र पशु जीवन उद्धारमा समर्पित जीवन बिताइरहेका छन्। यस संस्थाले सात वर्षदेखि बेसाहरा बुवाआमाहरूलाई साहरा दिईरहेका छन् । बृद्धबृद्धाहरू सयपत्री फूल जस्तै खुशीमा फूलिरहेका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij