Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

शिक्षण अस्पतालमा आफन्तको पर्खाइ, हराएकाको खोजी(फोटोकथा)

शिक्षण अस्पतालमा आफन्तको पर्खाइ, हराएकाको खोजी(फोटोकथा)

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उद्धार, निःशुल्क उपचार र शव व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ। अस्पताल प्रशासन, फोरेन्सिक विभाग र सुरक्षाकर्मीहरूको टोली अहिले २४सै घण्टा सेवामा खटिएका छन्।

    images
    WhatsApp Image 2026-09-01 at 12.01.22 PM.jpeg
    नागरिक सहायता कक्ष

    WhatsApp Image 2026-09-01 at 12.33.34 PM.jpeg

    बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरी टिचिङ अस्पताल ल्याइएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ। हालसम्म अस्पताल ल्याइएका ४८ जना घाइतेमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् भने २७ जनाको उपचार जारी छ। उपचाररत मध्ये ६ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा राखेर गम्भीर उपचार भइरहेको अस्पतालले जनाएको छ।

    WhatsApp Image 2026-09-01 at 12.01.55 PM.jpeg

    WhatsApp Image 2026-09-01 at 12.01.33 PM.jpeg

    बाढीमा परी ज्यान गुमाएका ९४ जनाको शव आइतबारसम्म टिचिङ अस्पताल पुर्‍याइएको छ। अस्पतालको फोरेन्सिक ल्याबका अनुसार तीमध्ये ४८ वटा शवको पोस्टमार्टम कार्य सम्पन्न भइसकेको छ। बाढीका कारण शवहरू अत्यन्तै क्षतविक्षत र सडेको अवस्थामा भेटिएकाले पहिचान गर्न निकै कठिनाइ भइरहेको छ।

    WhatsApp Image 2026-09-01 at 12.34.29 PM.jpeg
    क्षतविक्षत र सडेको अवस्थामा भेटिएका शव पहिचानका लागि राखिएका तस्वीरहरु

    WhatsApp Image 2026-09-01 at 12.33.39 PM.jpeg

    WhatsApp Image 2026-09-01 at 12.33.38 PM.jpeg

    अस्पताल पुर्‍याइएका ९४ शवमध्ये हालसम्म ९ वटा शवको मात्र पहिचान खुलेर आफन्तलाई बुझाइएको छ। बाँकी शवहरूको पहिचानका लागि हुलिया, फोटो, औंठाछाप, दाँत र व्यक्तिगत सामग्रीहरूको अध्ययन भइरहेको छ। यी विधिबाट पनि पहिचान नभएका शवहरूको डीएनए (DNA) परीक्षणमार्फत पहिचान खुलाउने प्रक्रिया अघि बढाइने अस्पताल प्रशासनले जनाएको छ।

    WhatsApp Image 2026-09-01 at 12.01.50 PM (1).jpeg

    WhatsApp Image 2026-09-01 at 12.01.44 PM.jpeg

    बाढीपछि बेपत्ता भएका आफ्ना मानिसहरूको अवस्था बुझ्न अस्पताल परिसरमा आफन्तहरूको ठूलो भीड लागेको छ। अस्पतालका भित्ताहरूमा हराइरहेका व्यक्तिका तस्बिरहरू टाँसिएका छन्। आफन्तहरू ती तस्बिर हेर्दै आफ्ना मान्छेको खोजीमा छन्। कोही सहायता कक्षमा जानकारी लिन पुगेका छन् भने कोही आफ्ना आफन्त भेटिने आशामा घण्टौँदेखि पर्खिरहेका छन्।

    WhatsApp Image 2026-09-01 at 12.01.36 PM.jpeg

    WhatsApp Image 2026-09-01 at 12.01.26 PM.jpeg

    WhatsApp Image 2026-09-01 at 12.01.49 PM.jpeg

    प्रहरीले स्थापना गरेको नागरिक सहायता कक्षमा विभिन्न समस्या लिएर आफन्तहरू पुगिरहेका छन्। कसैलाई बेपत्ता आफन्तको अवस्था जान्नु छ, कसैलाई शव पहिचानबारे जानकारी लिनु छ। अस्पताल परिसरमा देखिने यी दृश्यले बाढीले पुर्‍याएको मानवीय क्षतिको गहिराइ झल्काउँछ।

    WhatsApp Image 2026-09-01 at 12.33.33 PM.jpeg

    WhatsApp Image 2026-09-01 at 12.01.43 PM.jpeg

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij