Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बाल विवाह अन्त्यका लागि रणनीति कार्यान्वयनमा जोड

बाल विवाह अन्त्यका लागि रणनीति कार्यान्वयनमा जोड

आइतबार, माघ १८ २०८२
आइतबार, माघ १८ २०८२
  • काठमाडौं। बाल विवाह अन्त्यका लागि तयार पारिएको राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ सम्बन्धी छलफल कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालिका दुलही होइनन् (जिएनबी) नेपाल सँगको सहकार्यमा आयोजना गरेको हो।

    images

    WhatsApp Image 2026-02-01 at 3.52.44 PM (5).jpeg

    मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले रणनीति कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेका थिए। छलफल कार्यक्रममा जिएनबी नेपालका राष्ट्रिय अध्यक्ष प्रकाश खतिवडाको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा बालबालिकासम्बन्धी विभिन्न प्रदेश मन्त्रालयका सचिव, राष्ट्रिय बाल अधिकार परिषद्, बाल अधिकार क्षेत्रमा कार्यरत संघ–संस्था, किशोर–किशोरी सञ्जाल तथा कानुनी निकायका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले रणनीति तथा कार्ययोजनामाथि सुझाव दिँदै बाल विवाह संवेदनशील विषय भएकाले साझा दृष्टिकोण, तथ्याङ्कमा आधारित नीति तथा एकीकृत कार्यविधि आवश्यक रहेको बताएका छन्।

    WhatsApp Image 2026-02-01 at 3.52.44 PM (4).jpeg

    त्यसैगरी, बालमैत्री स्थानीय तह घोषणा गर्दा बाल विवाह अन्त्यलाई प्रमुख सूचक बनाउनुपर्ने, विद्यालय तहबाटै रोकथामका कार्यक्रम सुरु गर्नुपर्ने, बाल हेल्पलाइन सेवाको प्रविधिमैत्री विस्तार तथा सबै सरोकारवालाको जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने सुझाव दिइएको थियो।

    WhatsApp Image 2026-02-01 at 3.52.44 PM (3).jpeg
    छलफलमा कुरा राख्दै सहभागी

    सहभागीहरूले सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij