Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'पूराना सरकारको नियति नदोहोरियोस्'

'पूराना सरकारको नियति नदोहोरियोस्'

मंगलबार, फागुन २६ २०८२
मंगलबार, फागुन २६ २०८२
  • काठमाडौं। पटक पटकको निर्वाचनमा पुरानालाई हेर्यौ एक पटक नयाँ दललाई हेरौं भन्ने जनताको आशामा हरेक पटक कुठाराघात भएको छ । यसपालि त्यस्तो हुन नदिन नयाँ सरकारलाई कसले र कसरी खबरदारी गर्नु जरुरी छ, भन्ने सन्दर्भमा रहेर अज हामीले भक्सपप तयार पारेका छौं।

    images

    देशकाे परिवर्तनका लागि कयौं सहिद भए त कयौं घाइते । राजनीतिक परिवर्तनका लागि जनताले ठूलो त्याग र बलिदान गरेतापनि अझै नागरिकको  अपेक्षा अनुसारको  विकास हुन नसकेको गुनासो सुनिन्छ।

    नेपालको राजनीति अन्य मुलुकभन्दा फरक देखिन्छ। यहाँ नागरिकहरूले परिवर्तनका लागि पटकपटक सत्ता परिवर्तन गराएका छन्। जनताले नयाँ नेतृत्व र नयाँ दललाई अवसर दिएका छन्, तर यति धेरै परिवर्तनपछि पनि जनताले सोचे जस्तो विकास हुन सकेन्। विभिन्न समयमा नयाँ–नयाँ दलहरू उदाए। उनीहरूले अब हामी देश बनाउँछौं भन्दै जनतासँग भोट मागे। तर समय बित्दै जाँदा ती प्रतिबद्धताहरू अहिले भाषणजस्तै मात्रै बनेको भन्दै नागरिकहरू निराश देखिन्छन्।

    गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको राजनीतिलाई फेरि एकपटक तरङ्गित बनाएको छ । उक्त आन्दोलनले देशको राजनीतिक अवस्थालाई नयाँ मोड दिएको  छ। अहिलेको अवस्थामा धेरै नागरिकले पुराना दलभन्दा नयाँ शक्तिलाई रोजेका छन् । नयाँ नेतृत्वले देशमा सुधार ल्याउने अपेक्षा धेरै मतादातामा देखिन्छ । मतदाताहरू भन्छन्, ‘अबको विश्वास भनेको नयाँ दलहरूमाथि मात्रै छ, देशमा व्याप्त भ्रष्टाचार अन्त्य नगरेसम्म वास्तविक परिवर्तन सम्भव हुँदैन।’

    यद्यपि नागरिकहरूले नयाँ सरकारप्रति आशा राखे पनि उनीहरू खबरदारी आवश्यक रहेको बताउँछन्। उनीहरू भन्छन्, ‘अब बन्ने सरकारले पनि पुरानै दलजस्तो गरेमा देशमा फेरि आन्दोलन हुने छ।’

     

     

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij