काठमाडौं। सरकारले दलित तथा सामाजिक रूपमा पिछडिएका समुदायसँग औपचारिक रुपमा क्षमा माग्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय उल्लेख छ। औपचारिक माफी सँगै मेलमिलापको आधार तयार पार्न सुधारका कार्यक्रम समेत घोषणा गरिने भएको छ।
हाम्रो समाजमा परम्परागत काल देखि नै चल्दै आएका यस्ता चालचलन जसले समाजमा द्वन्द्व सिर्जना गरेको छ। समाजमा अन्याय, वर्ग विभाजन, विभेदीकरण आदि क्रियाकलापहरु सुधार्नका लागि नव गठित सरकारले सर्वसाधारणसँग १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने कार्यसूचीमा भनिएको छ। यस्तै विषयमा आज हामीले बुझेका छौ सर्वसाधारणले यो क्षमा याचनालाई कस्तो रुपमा लिएका छन् भनेर हामीले भक्सपप लिएका छौ।
कति जनाले यसलाई राम्रो प्रतिक्रिया दिए त कतिले नराम्रो। सर्वसाधारणका अनुसार 'पहिला सत्तामा जो थिए तिनै व्यक्तिले माफी माग्नुपर्छ किनकि सत्तामा उनीहरु हुँदा नै यस्ता विभेदीकरण भएको हो त्यसैले उनीहरुले नै क्षमा याचना गर्नुपर्छ' भन्छन् भने अरुले 'जसको गल्ती नै छैन त्यस व्यक्तिले माफी मागेर कुनै अर्थ हुँदैन' भन्छन् भने अरुले ठ्याक्कै यसको उल्टो भनेका छन्।
'नव गठित सरकारले यस्तो निर्णय गर्नु राम्रो हो यसले हाम्रो समाजमा एकता फैलाउने' जनाए। 'समाजमा पहिले देखि चल्दै आएका यस्ता कुरीतिहरुको अन्त्यका लागि आवाज उठाउनु भनेको जनताका लागि राम्रो भएको' उनीहरुले उल्लेख गरेका छन्। अब हेरौँ बाँकी कुराकानी भिडियोमार्फत।


