Logo

सोमबार, कात्तिक ३ २०८३

सोमबार, कात्तिक ३ २०८३

सभामुख र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

सभामुख र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

बिहीबार , असार ४ २०८३
बिहीबार , असार ४ २०८३
  • काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ।

    images

    काठमाडौँमा भएको उक्त भेटघाटका क्रममा नेपाल र युएईबिचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका पारस्परिक हितका विविध विषयहरूमा गहन छलफल भएको थियो।

    भेटका अवसरमा सभामुख अर्यालले नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले युएई नेपालको एक महत्त्वपूर्ण साझेदार राष्ट्र रहेको कुरामा जोड दिए । दुई देशबिचको आर्थिक तथा विकास साझेदारीलाई थप मजबुत र विस्तारित गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकहरूका लागि प्रहरी प्रतिवेदन (पुलिस रिपोर्ट) अनिवार्य मागिने वर्तमान व्यवस्थालाई पुनर्विचार गरी सहज बनाइदिन राजदूत अल शम्सीसँग विशेष अनुरोध गरे।

    प्रत्युत्तरमा राजदूत अल शम्सीले नेपाल र युएईबिचको सम्बन्ध सदैव मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहँदै आएको उल्लेख गरे। दुई देशबिचको व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ बढी बलियो बनाउन युएई सरकार सधैं सकारात्मक रहेको स्पष्ट पार्दै उनले आगामी दिनमा नेपालसँगको सहकार्य विस्तार र पारस्परिक हितका क्षेत्रमा थप नयाँ अवसरहरूको खोजी गरिने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij