Logo

मंगलबार, कात्तिक ४ २०८३

मंगलबार, कात्तिक ४ २०८३

क्यानडाको टोरन्टोमा ८० यात्रु सवार विमान अवतरण गर्ने क्रममा पल्टियो

क्यानडाको टोरन्टोमा ८० यात्रु सवार विमान अवतरण गर्ने क्रममा पल्टियो

भक्स पप नेपाल
मंगलबार, फागुन ६ २०८१
भक्स पप नेपाल
मंगलबार, फागुन ६ २०८१
  • काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा उक्त दुर्घटना भएको हो । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

    images


    चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरूमा एक बालक पनि छन् ।  सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij