Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

महामन्त्रीका पाँच आकांक्षीको उम्मेदवारी फिर्ता

महामन्त्रीका पाँच आकांक्षीको उम्मेदवारी फिर्ता

शुक्रबार, असार १२ २०८३
शुक्रबार, असार १२ २०८३
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअघि महामन्त्री पदका पाँच प्रमुख आकांक्षीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई संयुक्त रूपमा समर्थन गर्ने घोषणा गरेका छन्।

    images

    महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले शुक्रबार चितवनमा संयुक्त पत्रकार सम्मेलन गरी पार्टीको बृहत्तर हित, आन्तरिक एकता र संगठनलाई थप मजबुत बनाउने उद्देश्यले उम्मेदवारी नदिने वा दर्ता गराएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन्। उनीहरूले महामन्त्री पदका लागि विपिन आचार्यलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने घोषणा गरेका छन्।

    पत्रकार सम्मेलनमा बोल्दै गणेश पराजुलीले संस्थापक नेताहरू एउटै स्थानमा उभिएर पार्टीलाई एकताको सन्देश दिन आवश्यक ठानेपछि सर्वसम्मत रूपमा आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन्। उनका अनुसार व्यक्तिगत आकांक्षाभन्दा पार्टीको हितलाई प्राथमिकतामा राख्दै साझा उम्मेदवार अघि सारिएको हो।

    पाँच नेताको रणनीतिक निर्णयसँगै रास्वपाको महामन्त्री पदको प्रतिस्पर्धा नयाँ मोडमा पुगेको छ। उम्मेदवारी फिर्तापछि अब विपिन आचार्यसहित कुल आठ जना उम्मेदवार महामन्त्री पदको चुनावी मैदानमा रहेका छन्।

    रास्वपाको प्रथम महाधिवेशन नजिकिँदै गर्दा आएको यो निर्णयलाई पार्टीभित्रको आन्तरिक समीकरण र नेतृत्व चयन प्रक्रियाका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij