Logo

मंगलबार, कात्तिक ४ २०८३

मंगलबार, कात्तिक ४ २०८३

गाजा कब्जा गर्ने ट्रम्पको प्रस्तावको विश्वव्यापी विरोध

गाजा कब्जा गर्ने ट्रम्पको प्रस्तावको विश्वव्यापी विरोध

भक्स पप नेपाल
बुधबार, माघ २३ २०८१
भक्स पप नेपाल
बुधबार, माघ २३ २०८१
  • काठमाडौँ। संयुक्त राज्य अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँका प्यालेस्टिनीहरूलाई स्थायी रूपमा पुनर्वास गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई बुधबार उसका सहयोगी र विरोधी दुवैले अस्वीकार गरेका छन्।

    images

    ट्रम्पको यो सुझाव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा आएको थियो। ट्रम्पले गाजा पट्टी बाहिर प्यालेस्टिनीहरूको लागि नयाँ बस्ती निर्माण गर्ने र त्यस क्षेत्रलाई अमेरिकाले आफ्नो अधिनमा लिएर पुनर्विकास गर्ने योजना सुनाएका थिए, जसले मध्यपूर्वमा शान्ति स्थापना हुने र गाजामा विकासको ढोका खुल्ने उनको भनाइ रहेको थियो।

    इजरायल र हमासबीचको कमजोर युद्धविराम चलिरहेको समयमा ट्रम्पले यस्तो बयान दिएका हुन्। इजिप्ट, जोर्डन र मध्य पूर्वका अन्य अमेरिकी सहयोगीहरूले पहिले नै पुनर्वास गर्ने योजनालाई अस्वीकार गरेका छन्। साउदी अरेबियाले यस प्रस्तावलाई खारेज गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आफ्नो दृढ अडान दोहोर्‍याएको छ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि दुई-राज्य समाधानको समर्थन दोहोर्‍याए। न्युजिल्याण्डले पनि आफ्नो पूर्ववत् नीति प्रस्तुत गरेको छ। हमासले ट्रम्पको प्रस्तावलाई क्षेत्रमा अराजकता सिर्जना गर्ने उपायको रूपमा वर्णन गरेको छ। अमेरिकामा पनि विपक्षी नेताहरूले पनि यस प्रस्तावलाई खतरनाक र मूर्खतापूर्ण भनेका छन्। 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij