Logo

सोमबार, कात्तिक ३ २०८३

सोमबार, कात्तिक ३ २०८३

शनिवारसम्म हमासले थप बन्धक रिहा नगरे आक्रमण शुरू गर्ने इजरायलको चेतावनी

शनिवारसम्म हमासले थप बन्धक रिहा नगरे आक्रमण शुरू गर्ने इजरायलको चेतावनी

भक्स पप नेपाल
बुधबार, माघ ३० २०८१
भक्स पप नेपाल
बुधबार, माघ ३० २०८१
  • काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच फेरि युद्ध शुरू हुने सङ्केत देखिएको छ । पछिल्ला घटना क्रमले युद्ध शुरू हुन सक्ने सङ्केत देखिएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यही शनिवारसम्म हमासले बन्दी मुक्त नगरे आक्रमण शुरू गर्ने चेतावनी दिइका छन।  उनले आफ्ना सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताएको बीबीसीले उल्लेख गरेको छ ।

    images

    यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै शनिवार गर्ने भनिएको बन्दीको रिहाइ रोक्ने घोषणा गरेको थियो । हमासको घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण शुरू गरेको थियो । गएको जनवरी १५ तारिखमा युद्धविराम सम्झौता भएको थियो ।

    यो सम्झौतासँगै एकअर्काले बन्दी मुक्त गर्दै आएका थिए । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या निम्तिएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ । नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको ठानिएको थियो । तर उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij