Logo

सोमबार, कात्तिक ३ २०८३

सोमबार, कात्तिक ३ २०८३

ट्रम्प र पुटिन साउदीमा भेट्ने सहमति

ट्रम्प र पुटिन साउदीमा भेट्ने सहमति

भक्स पप नेपाल
बिहीबार , फागुन १ २०८१
भक्स पप नेपाल
बिहीबार , फागुन १ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । फोनमा उनीहरूबीच  भेट्ने सहमति भएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन् । तर, ह्वाइट हाउसमा ट्रम्पले पत्रकारहरूलाई साउदी अरेबियामा भेट्ने सहमति भएको बताएका बीबीसीले जनाएको छ । 

    images


    यसअघि ट्रम्पले युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ता सुरु गर्न अमेरिका र रुस सहमत भएको बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले ‘यो सँगै काम गर्ने समय हो’ भनेका छन् । रुस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो । उक्त युद्धसँगै अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij