काठमाडौं - ‘किस्ता मिनाहा हुन्छ भनेर आएको, राजा पनि आउनुहुन्छ सर पनि आउनुहुन्छ ।’ शुक्रबार तीनकुने क्षेत्रको राजवादीको आन्दोलनजमा भेटिएकी एक बयोबृद्धाको कुरा हो यो ।
उनले सर भनेर सम्बोधन गरेका व्यक्ति चाहीँ दुर्गा प्रसाईं हुन् । राजसंस्था पुनःस्थापना गर्ने उद्घोष गरेर प्रसाईले उनै बयोबृद्धाजस्तै जस्तै कयौं व्यक्ति राजधानी ल्याए । राजधानीको मुख्य स्थान तिनकुनेमा जम्मा पारे र प्रर्दशन गराए । के फाइदा वा के बेफाइदा भन्ने कुरा हेक्का नराखी एकोहोरो राजा ल्याउनुपर्छ भन्ने प्रर्दशनकारी थुप्रै भेटिए ।
प्रसाईंले तिनकुनेमा उतारेका प्रदर्शनकारी उग्र बन्दा माहोल नै तनावग्रस्त बन्यो । त्यहाँ तोडफोड र झडप स्थिति मात्रै बनेन, आगजनी भयो, अन्त्यमा राजधानीका विभिन्न क्षेत्रमा कफर्यु नै लाग्यो । शुक्रबार साँझसम्ममा नेपाली सेना नै उतारिएको छ ।
तिनकुने क्षेत्रको माहोल उग्र बनिरहेका बेला नेकपा माओवादी केन्द्रसहित कम्युनिस्ट दलहरूको समाजवादी मोर्चाले भृकुटी मण्डप छेउको सडक नै कब्जा गरेर अर्को सभा गरे । देशका विभिन्न स्थानबाट त्यहाँ पनि कार्यकर्ताहरु सडकमा उतारिए । भृकुटीमण्डप क्षेत्रमा भेटिएका व्यक्तिहरू विभिन्न स्थानबाट आन्दोलनको माहोल हेर्न राजधानी छिरेको बताउँछन् । कार्यकर्ता र सर्वसाधारण व्यवस्था आफैमा बेठिक नभएको तर्क गर्दै अझैं पनि गणतन्त्रमा देखिएका बिकृति हटाउनुपर्ने माग राख्छन् । तर, कतिपय कार्यकर्तासँग भने उही दलको घोकन्ते कुरा बाहेक केही खास तर्क छैन ।
चैत १५ गत अथात् शुक्रबारको माहोलबारे केही दिन पहिलेदेखि नै चर्चा चलेको थियो । तर, अवस्था तनावग्रस्त र बन्ने कफ्यु नै लाग्ने चाहीँ खास अनुमान थिएन् । सरकारले अवस्थाको सामान्य अनुमान गर्दे सुरक्षा व्यवस्था गरे पनि खास तयारी गरेको थिएन । यस्तै बेलामा बनेको तनावग्रस्त स्थितिमा सेना सडकमा उत्रानुपर्ने माहोलले सर्वसाधारण, बिरामी, बृद्धबृद्धा, विद्यार्थी लगायत सर्बसाधारणमा त्रास फैलिएको छ ।
लामो गृहयुद्धको धङधङीबाट बिस्तारै बाहिर निस्किएका नेपालीहरूमा शुक्रबारको माहोलले अर्को सन्त्रास फैलिएको छ । राजावादी र गणतनत्रवादी भनेर दुइ कित्तत्तामा देखिउको तनावग्रस्त माहोलले कसलाई फाइदा वा कसलाई बेपाmइदा समयले बताउलन । तर, विभिन्न व्यक्ति, समुह वा कुनै अमुक दलको अनुकलको चपेटामा सर्बसाधारण कहिलेसम्म पर्ने रु यसको जवाफ प्रसाईं सरले दिने कि सरकारले रु कि गणतन्त्रवादीहरुले ?


