Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

पाँच पुस्तादेखि चलेको पसल बन्द हुने त्रासमा देवरत्न

पाँच पुस्तादेखि चलेको पसल बन्द हुने त्रासमा देवरत्न

परम्परागत सामान बनाउने कालीगढ भेट्नै मुस्किल

मंगलबार, वैशाख ९ २०८२
मंगलबार, वैशाख ९ २०८२

  • काठमाडौं । बातैपिच्छे मुस्कुराउने रमाइला देवरत्न शाक्य, आजपनि व्यापार सुख्खा हुने हो की भन्ने चिन्तामा छन् । ललितपुरको मापालमै जन्मिएका ६५ वर्षीय देवरत्न, सानो पसलमा परम्परागत सामानहरु बेच्छन् । यो पसल जति सानो छ यसको उमेर देवरत्नको भन्दा बढी छ । पाँच पुस्तादेखि यही सामानको व्यापार गरेको देवरत्नको परिवारलाई यतिबेला पसलमा राख्ने सामान भेट्नै मुस्किल परेको छ। 

    images

    २५ वर्ष अगाडि उनले यो पसल चलाउन थालेका थिए । बुबाको व्यापारलाई काँध दिँदै उनले त्यतिबेला जस्तो व्यापार अहिले नभएको सम्झन्छन् । जति जति मानव सभ्यताले फड्को मार्दै गयो, त्यत्ति नै हाम्रो परम्परागत सभ्यता, पहिचान र रहनसहनमा आएको परिवर्तनले समाज नै फेरिएको सुनाउँछन् उनी । उनी भन्छन्, ‘ नेपाल शिक्षित भए पछि त विकास हुनु पर्ने हो झन झन तल गहिरहेको छ। ’ 


    कुमारीपाटीका देवरत्नले, यतिबेला पसलमा राख्नुपर्ने थुन्चे, नाङ्लो, टोकरी, डालो, चकटी, सुकुल, मुढा बनाउने कालीगढ भेट्नै मुश्किल परेको बताए । सामान पनि बाइकमा आउँछ, विकासले गर्दा बाटोमा हिड्नै गाह्रो छ, ‘पहिला पहिला खर्पणमा सुकुल बोक्दै बेच्ने मान्छेहरु कहाँ हराएरु डोकोको प्रयोग गर्नै मान्छेले छोडिसके, थुन्चे घर बनाउँदा बाहेक काम नलाग्ने भइसक्यो, यस्तो हुँदा व्यापार त सुक्ने नै भो ’ आफ्ना तिता भोगाइ सुनाउँदै जाँदा उनले यो कामको भविष्य नै नभएको दर्शाए ।


    एसएलसीसम्म औपचारिक शिक्षा लिएका देवरत्नलाई परम्परागत हाते सामान बेचेरै घर गृहस्थी चलेको राम्रोसंग स्मरण छ । दुई छोरा, एक छोरीका साथ बस्दै आएका उनलाई पसलको आम्दानीले छोराछोरीलाई राम्ररी पढाउन नसकिएकोमा दुःख लाग्छ । उनलाई पसलको आम्दानी सोध्दा ठट्टा गर्दै लक्ष्मी रिसाउँछन् भन्दै प्रसंग बदले ।  
    राजनीतिका बारेमा प्रश्न भुइँमा खस्न नपाउँदै उनको हाउभाउ नै फरक हुन्छ । देवरत्नलाई राजनीति पटक्कै मन पर्दैन् र भन्छन् ‘राजनीति खराब लाग्छ मलाई । यहाँ सरकारले केही काम दिएको भए, कोही पनि विदेश जानु पर्दैन थियो होला । अहिले त शिक्षित सबै बाहिर र अशिक्षित सबै नेपालमा छन अनि विकास कसरी हुन्छ रु ’ यो केवल एक प्रश्न होइन, नेपालको भविष्यमाथि देवरत्नको चिन्तन पनि हो । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij