काठमाडौं । शिक्षा हरेक मानिसको आधारभूत मौलिक अधिकार हो । प्रारम्भिक अवस्थामा विद्यालय शिक्षामा बालबालिकाको आधारभूत शिक्षाको अधिकार सुनिश्चित हुनैपर्छ भनिरहँदा यतिबेला विद्यालय भर्ना अभियान देशभर चलिरहेको छ ।
'सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित यस वर्षको विद्यालय भर्ना अभियान जारी छ । सरकारी विद्यालयमा निशुल्क भर्ना भएपनि नीजि विद्यालयतर्फ नै धेरै अभिभावक आकर्षित छन ।
नयाँ भर्ना गर्ने अभिभावकलाई हामीले यो वर्ष भर्ना गर्दा कस्तो लाग्यो ? भनेर सोधेका छौं । हेरौं उनीहरुको भनाई जस्ताको त्यस्तै ।


