काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्न खोज्दा एक युवकमाथि हातपात भएको छ ।
शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ स्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्डसँग प्रश्न सोध्न खोज्ने त्यसै गाउँपालिकाका जनार्दन अधिकारीलाई कार्यक्रमस्थलबाटै बाहिर निकालियो । यसरी सार्वजनिक कार्यक्रममा नेताले मन्तव्य दिनेबेला प्रश्न तेर्साउने आमनागरिकमाथि धरपकड भएकोमा युवाहरु यतिबेला आक्रोस पोखिरहेका छन् । आमगुनासो र प्रश्न सुन्नै नचाहने प्रचण्डको कार्यशैली र अभिव्यक्तिको पनि आमनागरिकले विरोध जनाएका छन् ।
यसैक्रममा हामीले सार्वजनिक कार्यक्रममा प्रश्न गर्ने युवामाथि भौतिक आक्रमण हुनुलाई के भन्नुहुन्छ भनेर सोधेका छौं । हेरौं उनीहरुको आवाज जस्ताको त्यस्तै:


