काठमाडौं । पछिल्लो समय राजधानी लगायत देशका विभिन्न स्थानमा विषादीयुक्त तरकारी तथा फलफूल छ्याप्छ्याप्ती भेटिएपछि जनस्वास्थ्य जोखिममा परेको छ ।
उपभोक्ता अधिकारकर्मीहरू र सरकारी निकायहरूले शंकास्पद तरकारी तथा फलफूल बजारमा गरेको अनुगमनका क्रममा विषादीको अवशेष बढी रहेको प्रमाण फेला पारेका छन् । अनुगमनका क्रममा पछिल्लो समय काँक्रो, करेला, आँप तथा स्याउहरुमा विषादीको अवशेष देखिएका छन् । विशेषगरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा धेरै देखिएको हो । यस्ता तरकारी र फलफूल बजारमा छ्याप्छ्याप्ती बेचिँदा आमनागरिकको स्वास्थ्य खतरामा परेको छ ।
विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, जसमा क्यान्सर, मिर्गौला तथा कलेजोसम्बन्धी समस्या देखिन सक्ने खतरा रहन्छ । यस्ता विषादीयुक्त तरकारी तथा फलफूल नेपाल भित्रिने बेलामा नै नमूना संकलन गर्ने र वैज्ञानिक तवरले विषादी परीक्षणको गर्ने काम नहुँदा आमनागरिकको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।
आज हामीले बजारमा अत्याधिक विषादीयुक्त तरकारी तथा फलफूल किनेर खान बाध्य भएका आमनागरिकलाई बजारमा मन्द विष बेचिन्छन्, पैसा तिरेर जनस्वास्थ्य खतरामा पर्दा सरोकारवालालाई के भन्नुहुन्छ भनेर सोधेका छौं । आउनोस् हेरौं उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै :


