काठमाडौं । 'दिन कटाउने मानो चटाउने' भने जस्तै वर्षैभरि नभएका काम जेठ असारको मसान्तमा सक्न, हतारहतार सरकारी कर्मचारी खटिन्छन् ।
सार्वजनिक विदा कटाइकन कार्यअवधिका हिसाबले सरकारी कार्यदिन भनेको वर्षमा ९ महिनाको हुन्छ । यति धेरै कार्यदिनमा ढिलासुस्ती गर्ने र जेठ असारको मध्यमा काम गरी बजेट सक्ने प्रवृत्ति नयाँ होइन् ।
स्थानीय निकायको बजेट आउने बेलामा अघिल्लो वर्षको बजेट सक्नै चटारो छ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि हुने स्थानीय निकायको यो सक्रियताबारे आज हामीले आमनागरिकको धारणा लिने प्रयास गरेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :


