काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा लागेको घोषणालगत्तै तरंग ल्याएको छ । मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर उनले एमालेको सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेकी हुन् । उनको यो घोषणाले एमालेको भावी नेतृत्वमा केपी शर्मा ओलीलाई कडा टक्कर दिने संकेत दिएको छ ।
उनलाई उपाध्यक्ष ईश्वर पोखरेलको समर्थन छ। भण्डारीको आगमनलाई एमालेको नयाँ नेतृत्व र शक्तिको उदय हुने भनी व्याख्या गरिन्छ। तर अध्यक्ष केपी शर्मा ओली भने नेतृत्व सुम्पन राजी देखिएका छैनन् ।
त्यसो त राष्ट्रपति समेत भइसकेको भण्डारी फेरि राजनीतिमा आउनुलाई नैतिकतासंग जोडेर प्रश्न उठाउनेहरु पनि कम छैनन् । यसैसन्दर्भमा आज हामीले पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आउने घोषणाले राजनीतिमा कस्तो असर पर्छ भनेर सोधेका छौं । हेरौं उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै :


