काठमाडौं : पार्टीकै टोली नेता भएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गरेयता नेकपा एमालेमा नेतृत्वको विवाद सतहमा छताछुल्ल भएको छ ।
चीन भ्रमण लगत्तै भण्डारीले सक्रिय राजनीतिमा आउने औपचारिक घोषणा गरेकी थिइन् । पार्टीमा सक्रियता जनाउन आफूले पार्टीको पोलिब्यूरो बैठक अघि नै सदस्यता नवीकरण गरेको बताएकी थिइन् ।
यद्यपि भण्डारीको सदस्यता नवीकरणलाई स्थगन गरेको कुरा बाहिर आएको छ । सदस्यता नवीकरणमा अलमल देखाउनुलाई पूर्वराष्ट्रपतिको हैसियतमा बसेको व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउन नखोजेको भन्दै राजनीतिक विश्लेषण हुँदै आएको छ । भण्डारी राजनीतिमा आउँदा एमालेभित्र नेतृत्व विवाद हुने सम्भावनाको आँकलन गरिसकेका एमाले अध्यक्ष केपी ओलीले ७० वर्षे उमेर हद पार्टीमा कार्यान्वयन गर्न नसकिने बताए । ओलीले पोलिटब्यूरो नेताहरुलाई भेटेर नेतृत्व नछोड्ने स्पष्ट पारिसकेका छन् ।
यसैबीच पार्टी विधानलाई अटेर गर्ने र कुर्सीमा बसिरहने ओलीको मनसायका बारेमा हामीले आमनागरिकको धारणा लिने प्रयास गरेका छौं । आजको भक्सपपमा हामीले ७० को उमेर हद नमान्ने र अध्यक्ष पद नछाड्ने ओलीको पदलोलुपतालाई के भन्नुहुन्छ ? भनेर आमनागरिकलाई सोधेका छौं । हेरौं उनीहरुको भनाई जस्ताको त्यस्तै :


