Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

महाकवि देवकोटाको सम्झना: कस्तो थियो पारिवारिक सम्बन्ध ?

महाकवि देवकोटाको सम्झना: कस्तो थियो पारिवारिक सम्बन्ध ?

बिहीबार , कात्तिक २७ २०८२
बिहीबार , कात्तिक २७ २०८२
  • काठमाडौं । यो वर्षको लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति मनाइएको छ ।  तिथिअनुसार देवकोटा लक्ष्मीपूजाको दिन जन्मिएकाले उनको जन्मजयन्ती संसारभर त्यहि दिन मनाइन्छ ।  देवकोटाको जन्म गतेअनुसार कार्तिक २७ गते हो हामीले त्यहि अवसर पारेर उनको स्मरण गर्ने परिवारजनलाई भेट्यौँ । 

    images

    मैतीदेवी मन्दिरबाट अगाडि गएर दाहिनेतिर मोडिएपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहलाय आउँछ । त्यहीसंगै एउटा घर छ अम्बिका रिमालको । जो महाकवि लक्ष्मी प्रसाद देवकोटाकी माइली छोरी हुन् । यसपटक हामीले लक्ष्मी जयन्तीको अवसर पारेर उनीसंग कुरा गर्ने जमर्कोे गयौं । हामीलाई देख्नासाथ उनी उत्सुक देखिन् । 


    उनी देवकोटाकी प्रिय छोरी थिईन् । चार दिदिबहिनीमध्यकी माईली अम्बिका, लक्ष्मी प्रसाद देवकोटाकी सेक्रेटरी जस्तै थिईन् । रिमाल भन्छिन् ‘बुवा सधैँ लेखिरहनुहुन्थ्यो ।  बिहान, राति वा बीचमा जुनसुकै बेला हेर्दा पनि उहाँ कलम घिस्राइरहनुभएको हुन्थ्यो ।’  लेख्न बस्दा उनलाई भोक र समयको कुनै ज्ञान रहँदैनथ्यो । परिवारले खाना खान बोलाउँदा पनि उनले सुनेको नसुन्यै गर्थे र श्रीमती तथा छोराछोरीले ‘नकरा न लाटी’ भनेर हप्की खान्थे । उनी भन्छिन्, ‘बुवाले कविता लेखेर सबैभन्दा पहिला आमालाई सुनाउनु हुन्थ्यो ।'


     बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ट्युसन पढाएर परिवार पाल्नुपर्ने कठिन दैनिकीमा पनि उनले कसरी महाकाव्यहरू जस्ता विशाल कृतिहरू लेख्न भ्याए भन्ने कुरा आश्चर्यजनक रहेको रिमाल बताउँछिन । छोरीले आफ्नो बुवालाई कवि बनाउने श्रेय आफ्नी आमालाई दिन्छिन् र उहाँको नाम कसैले नलेखेकोमा दुख व्यक्त गर्छिन् । 
    देवकोटा अत्यधिक उदार स्वभावका थिए र कमाएको पैसा माग्ने जति सबैलाई दिइहाल्थे । त्यसैले, छोराछोरीको भरणपोषण गर्न आमाले पैसा भए पनि ’छैन’ भनेर झुट बोल्नुप¥थ्यो । तर कहिलेकाहीं त्यसरी झुट बोलेर ‘पैसा छैन’ भनेको सुनेर देवकोटाले भनिहाल्थे, ‘मैले हिजो भर्खर राख्न दिएको छु तिमीलाई बज्यैले झुट बोलिन् ।’

    राजनीतिक कारणले देवकोटा बनारसमा रहँदा घर जफत भयो र बिरामी छोराले औषधि र स्याहार पाउन नसकेर १२ वर्षको उमेरमा निधन भयो । त्यस्तै दोस्रो छोरा पनि २२ वर्षको उमेरमा बिरामी हुँदा देवकोटा डाक्टर लिन जान्छु भनेर हिँडे पनि लेख्नको धुनमा वा बाहिर कतै भुलेर राति १० बजे मात्र घर फर्किए, र त्यही दिन अर्को छोराको पनि निधन भयो ।

     
     प्रजातन्त्र आउने हल्लाले साथीहरूको सल्लाहमा देवकोटा राणा शासनको बेला बनारस गए त्यसपछि उनको घर जफत भयो र परिवार सङ्कटमा प¥यो । दिल्लीमा अफ्रो–एसियन सम्मेलनमा गएर नेपालको इज्जत बढाएपछि फर्किँदा उनलाई पेटमा क्यान्सर भएको पत्ता लाग्यो । अप्रेसनका लागि पैसा नभएपछि विद्यार्थीहरूले कपडा बिछ्याएर चन्दा सङ्कलन गरेर दिल्ली पठाएको कुरा रिमाल स्मरण गर्छिन् । अप्रेसन गर्दा उनको पेटको तीन खण्ड काट्नुपरेको थियो । 

    पशुपतिमा अन्तिम सास फेर्दै गर्दा देवकोटाले गणेशमान सिंहसँग आफ्नो अन्तिम इच्छा बताएका थिए, ‘मेरो देश फलोस् फुलोस् र मेरो कृतिहरू, खासगरी मुना मदन, सुरक्षित रहोस् ।’  देवकोटा आफ्नो घरमा आएका कोही पनि बाहिरका मानिस वा विद्यार्थीलाई ‘यो मेरो, यो तेरो’ नभन्ने र सबैलाई आफ्नै छोराछोरीसरह मानेर व्यवहार गर्थे । 
    रिमालले नेपालको राजनीतिक अस्थिरता, नेताहरूमाथि हुने दुव्र्यवहार र दरबार जलेको घटनाप्रति चिन्ता व्यक्त गर्दै देवकोटाको त्यागलाई नेताहरूको सङ्घर्षसँग तुलना गरेकी छिन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij