Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'सम्बन्धमा अहम् हुनु गलत मानसिकता हो '

'सम्बन्धमा अहम् हुनु गलत मानसिकता हो '

मंगलबार, मंसिर २ २०८२
मंगलबार, मंसिर २ २०८२
  • काठमाडौँ । दोहोरी गायन क्षेत्रमा एउटै पेसामा रहेर पनि उत्कृष्ट सम्बन्ध कायम गर्न सफल एक जोडी हुन् अर्जुन खड्का र अनुजा पुडासैनी । उनीहरूले आफ्नो  जीवन, व्यवसायका सहकार्य र दोहोरी क्षेत्रका यथार्थबारे खुलेर कुरा गरेका छन् । अर्जुन भन्छन् ‘एउटै यात्रामा हिँड्नु प्रतिस्पर्धा होइन, बरु एकअर्काका लागि सबैभन्दा ठूलो साथ हो ।’ गीत सङ्गीतकै माध्यमबाट जोडिएका यो जोडीको भेट अनौठो छ । अर्जुन खड्का यस क्षेत्रमा सक्रिय भइसकेका थिए भने अनुजा त्यतिखेर पढ्दै थिइन् । अनुजाले एकजना साथीमार्फत अर्जुनको नम्बर पाएपछि सुरु भएको कुराकानी गहिरो प्रेममा परिणत भयो । उनीहरूले सँगै गाएको पहिलो गीत विधान कार्कीको लयमा ‘मेरो माया त चाह्यौ भने मर्न पनि सक्छु’ भन्ने बोलको गीत थियो जुन उनीहरूको सहकार्यको पहिलो पाइला बन्यो ।

    images

    धेरैले एउटै क्षेत्रमा काम गर्दा प्रतिस्पर्धा र अहम् आउने बताउँछन् । तर अर्जुन र अनुजाको भनाइ फरक छ उनीहरूका अनुसार, एउटै प्रोफेसनमा हुँदा बरु सहजता हुन्छ, किनभने श्रीमान र श्रीमतीलाई कामको प्रकृति थाहा हुन्छ र यसले शङ्काको वातावरण कम गर्छ ।

    अर्जुन स्पष्ट भन्छन्, श्रीमतीको प्रगतिमा श्रीमान जति खुसी कोही हुँदैन, र यो सम्बन्धमा अहम् हुनु भनेको गलत          मानसिकता हो । उनले अनुजालाई व्यावसायिक सम्बन्धमा प्रोत्साहन गर्थे । अर्जुन भन्छन्, ‘आफू बिग्रिने नबिग्रिने भनेको त आफ्नो हातको कुरा हो गलत नियत भएको मान्छेले जसरी पनि गलत काम गर्छ । दुई सन्तानका अभिभावक बनिसकेको यो जोडी आफ्नो व्यस्तताका कारण आफ्ना साना छोराहरूलाई पर्याप्त समय दिन नसकेकोमा चिन्तित छन् । अर्जुन र अनुजालाई यही कुराले सताईरहेको महसुस हुन्छ । अर्जुन भन्छन् ‘बच्चाको पढाइ वा खेल्ने समयमा आफूहरूले अन्याय गरिरहेका छौं कि भन्ने पनि लाग्छ ।’ दोहोरी गीत गाएर मात्रै विलासी जीवन बिताउन असम्भव रहेको उनीहरूको अनुभव छ । धेरै कलाकारहरू ऋणमा डुबेको र पलायन भएको उदाहरण दिदैँ उनीहरूले जस्तो देखिन्छ , त्यस्तो नहुने यथार्थ बताएका छन् । यही कारणले गर्दा यो जोडीले दोहोरी गायनलाई पनि निरन्तरता दिदैँ घरैबाट टिकटकको माध्यमबाट अनलाइन कपडा व्यवसाय समेत सुरु गरेका छन् । 

    कुनै कुनै दोहोरी गीतमा अश्लील शब्दहरूको प्रयोग र सस्तो लोकप्रियता चाँडै भ्यूज कमाउनको लागि हुने गरेको उनीहरूको ठहर छ । यद्यपि प्रत्यक्ष दोहोरी गायनमा प्रसङ्गले सिर्जना गर्ने रस र मिठासलाई विकृतिको रूपमा हेर्न नहुने तर्क गर्दै बुझेका कलाकारहरूले अपाच्य शब्द प्रयोग गर्नबाट जोगिनुपर्ने सुझाव दिएका छन् ।

    अनुजाले महिला कलाकारलाई यो क्षेत्रमा टिक्न अझै गाह्रो रहेको बताउँछिन् । एकाध मानिसको गल्तीको कारणले त्यहाँ काम गर्ने सबै महिलालाई गलत दृष्टिकोणले हेरिदिने समस्या अझै व्याप्त रहेको उनको अनुभव छ ।

    दोहोरी क्षेत्रमा आउन चाहने नयाँ प्रतभिाहरूले क्षमता, सर्जिनशीलता र मौलकिता लिएर कमसेकम सुर र तालको ज्ञान लिएर आउनुपर्ने उनीहरू बताउँछन् । नेपाली लोकगीत सङ्गीत हाम्रो आमा संगीत भएकोले यसको जगेर्ना गर्नु सबैको कर्तव्य हो भन्ने सन्देशका साथ उनीहरूले आफ्नो यात्रामा दर्शक र श्रोताको साथ सधैँ रहिरहने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij