Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

रात्रीकालिन मनोरञ्जन पेशाः कसैले बोल्दैनन् यथार्थ !

रात्रीकालिन मनोरञ्जन पेशाः कसैले बोल्दैनन् यथार्थ !

आइतबार, मंसिर २१ २०८२
आइतबार, मंसिर २१ २०८२
  • पोखरा। रात्रीकालिन मनोरञ्जन पेशामा लागेका महिलाको अवस्था बुझ्न हामी पोखरा गएका थियौँ। पोखरामा पनि लेकसाइड। लेकसाइडमा हामी धेरै डान्सबार र दोहोरीमा छिर्यौँ। राती ९-१० बजेको भएकोले मनोरञ्जन लिने मान्छे कम थिए। यसैको मौका छोपेर हामीले केहि सञ्चालक तथा कामदारसँग कुराकानी गर्यौँ।

    images

    लेकसाइडको रात्री दृष्य रोमाञ्चक थियो। चिसो मौसममा पनि पोखराको यो क्षेत्रमा मानिसहरू व्यस्त थिए। रात्रीकालिन मनोरञ्जनका व्यवसाय भर्खर खुल्दै थिए। फुटपाथ व्यापार पनि चालु नै थियो।

    हामीले जतिसँग कुरा गर्यौँ, कसैले पनि नराम्रो भनेको सुनेनौँ। उनीहरू भन्दै थिए- 'सबै राम्रो छ।' सञ्चालक भन्थे- 'हाम्रोमा कामदारले सुरक्षासँगै उचित पारिश्रमिक पाएका छन्।'

    कामदारले पनि नराम्रो बोलेनन्। भने,'त्यस्तो गाह्रो केहि छैन।'

    यो उनीहरूले क्यामेराका अगाडी बोलेको कुरा हो। तर क्यामेरा पछाडी उनीहरूले रात्रीकालिन मनोरञ्जन पेशाको खराब यथार्थ खोले।

    राती काम गर्ने महिलाले श्रम अनुसारको मूल्य नपाउने, ग्राहकबाटै असुरक्षित हुने र समाजले खराब नजरले हेर्ने लगायत कुरा स्वीकारे। महिलाहरू असुरक्षित हुने कुरालाई स्वाभाविक र सामान्य लिनुपर्ने उनीहरू बताउँछन्।

    विभिन्न बार र दोहोरीमा पुग्दा हामीले सञ्चालक, कामदार तथा सञ्चालकले पालना गर्नुपर्ने कुरा लेखिएको पोष्टर भेट्यौँ। तर त्यो सबैमा पालन नभएको पाइयो।

        

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij