Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जनजीवनमा बढ्दो महँगीको प्रभाव

जनजीवनमा बढ्दो महँगीको प्रभाव

आइतबार, चैत २९ २०८२
आइतबार, चैत २९ २०८२
  • काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ। इन्धनको मूल्यसँगै खाना पकाउने ग्यासको मूल्यसमेत बढेपछि आम उपभोक्तामा थप आर्थिक दबाब सिर्जना भएको छ।

    images

    यातायात खर्चदेखि लिएर दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ताहरू चिन्तित बनेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको असर ढुवानी लागतमा पर्ने भएकाले सबै प्रकारका सामानको मूल्य स्वतः बढ्ने व्यवसायीहरूको भनाइ छ ।

    यस विषयमा गरिएको एक भक्सपपमा जनताको मिश्रित प्रतिक्रिया देखिएको छ । केही नागरिकहरूले मूल्य वृद्धि सामान्य प्रक्रिया भएको भन्दै धेरै आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् भने केहीले भने यसले आफ्नो दैनिक जीवनमा ठूलो असर पारिरहेको गुनासो गरेका छन् । सर्वसाधारण भन्छन्, आयअनुसार खर्च धान्न कठिन हुँदै गएको छ र तत्काल समाधानको आवश्यकता छ ।

    महँगी निरन्तर बढ्दै जाँदा सामान्य जीवनयापन गर्ने वर्ग सबैभन्दा बढी प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने नागरिकहरूले अहिलेको अवस्थालाई निकै कठिन बताइरहेका छन् । उनीहरूले सरकारले मूल्य नियन्त्रणतर्फ छिटो कदम चाल्नुपर्ने माग गरेका छन् ।

    उनीहरु भन्छन्, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले अर्थतन्त्रका सबै क्षेत्रमा असर पार्ने भएकाले यसको दीर्घकालीन व्यवस्थापन आवश्यक देखिन्छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij