Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'श्रम र सिप भए नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ'

'श्रम र सिप भए नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ'

आइतबार, माघ २७ २०८१
आइतबार, माघ २७ २०८१
  • काठमाडौं । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् काठमाडौं महानगरपालिका–२२ का मोहन शाक्य । नेपालमा सम्भावना नै छैन भनेर कतिपय उनका साथीभाइ विदेश पलायन भए तर शाक्य भने काष्ठकला पेसालाई अघि बढाउदैछन् ।   

    मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर पनि देखिन्छन्। यी सुन्दर मात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन्। तर अहिले यो पेसामा युवाको आकर्षण घट्दै गएको पाइन्छ । काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ । 

     यस्तो अवस्थामा पनि शाक्यले यो पेसा अँगालेर मनग्य आम्दानी गरिरहेका छन् ।  ११ वर्षको उमेरमा उनले काष्ठकलाको सिप सिके केही समय राम्रोसंग कामपनि गरेका थिए तर बिचमा उनले कामको बाटो मोडे । परिवारको जिम्मेवारीले गर्दा उनले आफूले गरिरहेको पेसा परिवर्तन गरेर केही समय ट्याक्सी चलाए ।  उनलाई जीवनले अरू कामहरुमा पनि डोरायो । उनले जेनतेन परिवार चलाइरहेका थिए । तर कोरोनाले उनका सबै काम बन्द ।

    कोरोनाले सम्झाइदियो सिप
    कोरोनाका कारण नेपालमा लकडाउन भयो । सबै पेसा व्यवसाय बन्द भयो । धेरैले रोजगारी गुमाए । कोरोनाको त्रासका कारण घरबाट बाहिर जान सकेनन् शाक्य । श्रीमती, दुई छोरी र एक छोराको जिम्मेवारी उनकै काँधमा । जागिर नभएपछि उनी चिन्तामा परे । के गरौँ र कसो गरौँ भन्दै सोचिरहेका मोहनले आफूले बाल्यकालमा सिकेको सिप सम्झिहाले । परिवारको सल्लामा उनले काष्ठकलालाई जीवन धान्ने पेसाका रूपमा लैजाने निर्णय लिए । 

     अहिले उनी फुर्सदिला छैनन् । ठुला होटेलहरू, मठ–मन्दिर, परम्परागत शैलीका घरहरूमा झ्याल, ढोका, फर्निचर जस्ता काष्ठकलाका सामानहरूको अर्डर आइरहन्छ। उनी भन्छन्, ‘हातमा सीप भएपछि बेरोजगार बस्नुपर्दैन।’ अहिले उनी मासिक ६०–७० हजार रुपैयाँ कमाउँछन् । तर पछिल्ला वर्षहरूमा काष्ठकलाको बजार घट्दै गएको उनको भनाइ छ ।फलाम, एल्युमिनियम, स्टिल जस्ता रेडिमेड उत्पादनहरू सस्तोमा उपलब्ध हुन थालेपछि काठका कलात्मक समानहरूको माग घटेको उनी बत्ताउँछन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij