Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

पानमा जीवनको मिठास खोज्दै सुरेश

पानमा जीवनको मिठास खोज्दै सुरेश

उनको पसलमा पानका पारखीको भीड जहिले उस्तै । महिनामा साठी हजार नाफा निकाल्छन् उनी । पान पसलको आम्दानीबाट उनले श्रीमती, एक छोरा र एक छोरीको घरपरिवार मात्रै चलाएका छैनन् सपनाको घर पनि बनाइरहेका छन् ।

बुधबार, वैशाख १० २०८२
बुधबार, वैशाख १० २०८२
  • काठमाडौं । हरियो कलिला पातमा चुना दलेर थरिथरिका मसला राख्दै मिठास भर्न सुरेश कुमार साह खप्पिस भइसके । बाराको कलैयामा जन्मेका सुरेश काठमाडौं आएको ९ वर्ष भयो । राजधानी पसेदेखि नै उनले यहाँका रैथाने बासिन्दालाई पान खुवाई पानको सौखिन बनाइसकेका छन् । 

    images

    पानमा मिठास भर्न उनलाई बाध्यताले सिकायो । भर्खरैको ८ वर्षको ठिटो सुरेशले कलैयामै रहेको एउटा सानो पसलमा पानमा बेच्ने काम गर्दथे । तराईमा धेरै मानिस पान नखाइ बस्नै नसक्ने । दिनमा एउटा मात्रै भएपनि मसाले पान खानैपर्ने बानी परेकाले होला, उनकै हातको पान खाने ग्राहक पनि बनिसकेका थिए । एक्लो हुँदासम्म त ठिक्कै थियो । तर परिवारको बन्धनमा बाँधिसकेपछि उनलाई गाउँको आम्दानीले पुगेन । त्यसपछि सुरु भयो सुरेशको राजधानी यात्रा । 
    उनको पान पसल अहिले अनामनगर, घट्टेकुलो चोकैमा छ । पसल अगाडिबाट हिड्ने जो कोही पनि सुरेशको पान नखाइ फर्किएका छैनन् । ग्राहक पनि भन्छन्, “सुरेश दाइको पसलमा एक पटक पुग्नैपर्छ!”
    ‘सुरुवातका दिन कहाँ यति सहज थियो र ?’ उनी भन्छन्, ‘करिब डेढ वर्षसम्म एक्लै बस्नु प¥यो। घर परिवार, छोराछोरी सबै गाउँमै थिए। तर मैले हार मानिन् ।’ उनले व्यवसायमा देखाएको इमान्दारीता, अनुशासन र मीठो बोलचालका कारण नै पान पसल राजधानीमा जम्दै गयो अनि घट्टेकुलो आसपासका ग्राहक उनको पानका पारखी बने । 
    मसालेदार पान, सादा पान, तुलसी पान, कुन पान खानुहुन्छ ? भन्दै हरेक ग्राहकलाई पानको भेराइटी पस्कने सुरेशले ४० वर्ष पार गर्दा आफ्नो जीवनको पाटो पनि पान जस्तै विभिन्न खाले हुुने बुझेका छन् । तर जे जस्ते अवस्था भएपनि मिठो बोली पानमा अर्को मिठास पस्कीदिन्छन् सुरेश । 
    त्यसैले त होला उनको पसलमा पानका पारखीको भीड जहिले उस्तै । महिनामा साठी हजार नाफा निकाल्छन् उनी । पान पसलको आम्दानीबाट उनले श्रीमती, एक छोरा र एक छोरीको घरपरिवार मात्रै चलाएका छैनन् सपनाको घर पनि बनाइरहेका छन् । पसलकै कमाइबाट ५ धुर जग्गा किनेर गाउँमा घर बन्दै छ । 

    हातमा सिप र काम गर्दा धैर्यता राख्ने हो भने विदेश होइन, नेपाल नै राम्रो कर्मथलो बन्न सक्ने उदाहरण बनेका छन सुरेश । औपचारिक शिक्षा धेरै नरहेपनि व्यवहारिक ज्ञान उनमा धेरै छ । मेहनत नगरी केही हात लाग्दैन । सपना होइन काम गर्ने अठोट चाहिँ दह्रै हुनुपर्छ जीवनमा । यही पाठ सिकाउँछ सुरेशको संघर्षको कथाले । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij