Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

विदेशिने बाध्यता

परदेशमा हुँदा मातृशोक

परदेशमा हुँदा मातृशोक

आमालाई अन्तिम समयमा भेट्न नपाएकोमा मोतीबुलको दुखेसो छ ।

बिहीबार , असार ५ २०८२
बिहीबार , असार ५ २०८२

  • काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मोतीबुल मियाँ ५३ वर्षका भए । तर उनलाई वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यताले हामीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने तयारीका बेला भेट्यौं ।

    images

    नेपालमा भन्दा बढी उनले विदेशमै आफ्नो जीवन विताए भन्दा फरक नपर्ला । उनको ३४ वर्ष, वैदेशिक रोजगारीमा कामदार भएरै वित्यो । उनको परिवारमा दुई भाई छोरा र एक जना छोरी छन् । विदेश जानका लागि पनि उमेर हद छ नी भनेर सोध्दा उनी आफ्नो बाध्यताले बुढेसकालमा समेत विदेशमा कामदार भएर काम गर्नुपर्ने अवस्था वर्णन गर्छन् । उनी पहिलो चोटी विदेश जाँदा १८ वर्षका थिए । उनी सिलाईको कामकै लागि राजधानीमा धेरै भौतारे । महिनामा पाँच हजारले आफ्नो गुजारा नचल्ने अवस्था थियो । त्यतिबेला उनको परिवारमा श्रीमती, आमाबा, दुई दिदीबहिनी र तीन दाजुभाई समेत थिए । 'यति ठुलो परिवारलाई महिनामा पाँच दश हजारले खर्च टार्न कसरी सकिन्थ्यो र ?' उनी प्रतिप्रश्न गर्छन ।

    नेपालमा कामकै लागि भागदौड गर्दागर्दै थाकेर आफू सानै उमेरमा विदेश गएको उनी बताउँछन् । विदेशमा काम गर्दागर्दै परिवारमा मातृशोक परेको कुरा सुनाउँछन् । 'त्यतिबेला टेलिफोन पनि थिएन् । आमा वितेको १४ दिनमा मात्रै आफूले खबर पाएँ ।' शोक मनाउन समेत ढिलो भएकोमा उनी आफूले आफैलाई धिकार्छन् । 'संसारमा आमा भन्दा ठुलो केही थिएन् ।तर अन्तिम अवस्थामा समेत भेट्न पाइन् ।' यति भन्दा उनले आफ्नो आँसु थाम्नै सक्दैनन् । 


    'आफ्नो देशमा थोरै पैसा कमाउ, राम्रो हुन्छ । तर विदेशमा धेरै गाह्रो छ । चोरीको डर, महिलालाई हेर्दा हुने दुव्र्यवहारको डर सँधै रहने गरेको अनुभव उनी सुनाउँछन् । उनी लामो समयदेखि विदेश बसेकाले आफ्नै परिवारसंग समय विताउन नपाएकोमा पिडा पोख्छन् । घर खर्च टार्नमै ऋण लागेपछि उनलाई विदेश जाने बाध्यता आइलाग्यो । 


    मुसलमान समुदायका उनका एक छोरा र एक छोरीको विवाह परदेशकै पैसाले टर्‍यो । उनलाई आफ्नो छोराहरु पनि डाक्टर र पाइलट बनाउने सपना थियो । उनलाई घरमा श्रीमती रोगी छन् अनि बच्चाहरुको भविष्य सुनिश्चित गर्ने सपना अझै पूरा नभएकोमा दुखेसो छ । 


    विदेशमा लामो समय खर्चेर पनि सपना पूरा नभएकै कारण उनकी श्रीमतीलाई मोतीबुल विदेश गएकोमा चित्त बुझ्दैन । बरु संगै बसेर नेपालमै काम गर्ने श्रीमती बताउँछन् तर मजबुरीको नाम दिएर आफ्नै श्रीमतीलाई पटक पटक ढाडस दिन्छन् उनी । अनि सबै थोक 'उपरवाला' अर्थात भगवानमा छोड्ने बताउँछन् ।


     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij