Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

भानु जयन्ती

नेपाली रामायण अर्थात भानुभक्त आचार्य

नेपाली रामायण अर्थात भानुभक्त आचार्य

आइतबार, असार २९ २०८२
आइतबार, असार २९ २०८२
  • काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२औं जन्मजयन्ती । संस्कृतमा लेखिएको रामको जीवनीलाई नेपालीमा भावसहित ‘रामायण’ को अनुवाद गरेपछि भानुभक्तलाई आदिकविको उपमा सहित सम्मान गरिएको थियो । 

    images

    विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त, घाँसीको प्रेरणाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ। उनका अन्य कृतिहरूमा ‘वधुशिक्षा’  ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृति प्रकाशित छन्। पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरणको योगदान दिए। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका बेला उनले गरेको रचना आजसम्म सान्दर्भिक छ । उनले सरकारी काममा हुने ढिलासुस्तीको विरोधमा ‘भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली’ भन्ने कविता प्रसिद्ध छन् । 

    उनको योगदानको कदर स्वरुप आज  देशभरका शैक्षिक संस्थामा कविता वाचन प्रतियोगिता लगायत विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । जन्मजयन्तीका अवसरमा उनको प्रतिमामा माल्यार्पण गर्ने गरिन्छ । आज हामीले भक्सपपमा आदिकवि भानुभक्तलाई कसरी स्मरण गर्नुहुन्छ भनेर सोधेका छौं । हेरौं आमनागरिकको धारणा जस्ताको त्यस्तै :

    भानुभक्तको निधन विसं १९२५ असोजमा भयो। भानु जयन्ती भारत, भुटान, बर्मा लगायत नेपाली भाषी रहेका अन्य स्थानमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij