Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

विदेशिने बाध्यता

माकुराको जाल होइन्, सुरक्षित मार्ग

माकुराको जाल होइन्, सुरक्षित मार्ग

सोमबार, असार ३० २०८२
सोमबार, असार ३० २०८२
  • वैदेशिक रोजगारका क्रममा म्यानपावरबाट ठगी, तोकिएको तलब सुविधा पाइएन्, म्यानपावर कम्पनीमा दुव्र्यवहार, एजेन्टको लापरवाही र मेडिकलका क्रममा बढी रकम असुलीमा परियो, यी र यस्ता गुनासाहरु हाम्रै नेपाली कामदारबाट पटकपटक सुन्दै आएका छौं । यस्ता गुनासा हामीले सुन्ने मात्रै होइन्, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डमा दिनहुँ सयौंका संख्यामा दर्ता हुन्छन् । तर के ति गुनासाको सम्बोधन हुन्छ, अनि विदेशिनेका लागि उनीहरुको हितमा काम भयो त रु यस्ता प्रश्नको जवाफ अनुत्तरित छन् । माकुराका जालोजस्तै गन्जागोल बनेको छ, विदेशिने नेपालीका श्रमका मुद्दा, त्यहाँ उनीहरुले भोग्ने समस्या र त्यसका समाधानहरु । श्रमका लागि कामदारको भिसासंग जोडिने समस्या हाम्रो सरकार प्रमुखको टाउको दुखाइको विषय मात्रै बनेको छैन, धेरै मन्त्रीहरुको पद समेत धरापमा परेको उदाहरण समेत बनेको छ । 

    images

    यी त भए नेपालका कुरा । नेपालभित्र छँदै हुने समस्या समाधान गरेर विदेशी भूमिमा टेक्ने बित्तिकै अनेकथरि बाधा र कठिनाइले फेरि श्रमिकलाई घेरेकै हुन्छन् । जस्तै, कम्पनीमा तोकिएको सुविधा नपाएको, विदेशी कम्पनीबाट शारीरिक र मानसिक हिंसा, दुव्र्यवहार अनि बन्दी बनाइएको, उद्धारका लागि याचना लगायत कम्पनीबाट निकाली अलपत्र परेको आदी ।

    वैदेशिक रोजगारीका सम्बन्धमा सम्बन्धित मन्त्रालयले देशभित्र मात्रै नभएर विदेशमा अन्तरमन्त्रालयसंग संयोजन मिलाउने तथा विदेशी सरकारसंग मदत माग्नेसम्मको काम गर्नुपर्छ । यद्यपि यिनै काम, समयमा हुन नसक्दा श्रमका मुद्दाप्रति गम्भीरता, बुझाइ र सम्बोधनको तरिका अन्तरमन्त्रालयबीच फरक पर्नुका साथै पिडितले समयमा न्याय नपाएको घटना अनगिन्ती छन् । यसका पछाडि स्वयं नेपाली कामदार पनि सचेत हुनु जरुरी छ ।

    जसोतसो विदेशमा रहँदा त समस्या भोगे नै, विदेशमा समय विताएर फर्किएका नेपालीको सिप, दक्षता र ज्ञानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सरकारले सकेको छैन् । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई नेपालमा टिकाउने रणनीति तयार गर्नुको सट्टा सरकार, उसले पठाउने रेमिट्यान्समै समाइरहेको महशुस गर्दछन् आमजनता ।

    मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारले आर्थिक टेवा पु¥याएको छ तर बढ्दो श्रम आप्रवासनको अवस्थाले राज्यलाई असर परिरहेको छ। यसले मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । ऊर्जाशील र उत्पादनशील सक्षम युवा विदेशिएर, गाउँको खेती बालीनालीका लागि श्रमिक अभाव भइरहेको छ। खेत बाँझा छन्, उद्योग कलकारखानामा सिपयुक्त जनशक्तिको कमी छ । गाउँमा बुढाबुढी र अशक्त अनि साना नानीबाबुहरुको मात्रै बाहुल्यता छ । यसको अर्थ, घरपरिवारमा विग्रहको अवस्था सिर्जना भइसकेको छ ।

    पहिले पहिले विदेशिनु रहर, अहिले बाध्यता बनेको छ भने वैदेशिक रोजगारीको अवसर भने चुनौतीमा परिणत भएको छ । वैदेशिक रोजगारी अर्थतन्त्रको मुख्य आधार हो । अर्थतन्त्रसगैं स्वाभिमान, सम्मान, र व्यक्तिकै आर्थिक सबलतासंग जोडिएको वैदेशिक रोजगारीलाई समस्यारहित बनाउन राज्यले ठोस नीति अपनाइ कडाइका साथ पालना गर्नु पनि उत्तिकै आवश्यक छ । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij