Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

रविलाई सुरक्षाको हवाला दिएर नजरबन्द

रविलाई सुरक्षाको हवाला दिएर नजरबन्द

मानवअधिकार आयोगको सिफारीश सरकारबाट कार्यान्वयन नहुनु अर्को ठुलो समस्या हो ।

बिहीबार , साउन २९ २०८२
बिहीबार , साउन २९ २०८२

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुरक्षाको हवाला दिएर नजरबन्दमा राख्न नपाइने राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । रुपन्देही कारागारको अनुगमन भ्रमण गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले यातना पुग्ने गरी सुरक्षाको हवाला दिएर कैदीलाई  हावा नै नछिर्ने कोठामा राज्यले राख्न नपाउने बताएका छन् ।

    images

    भक्सपप नेपालको विशेष कुराकानीमा प्रवक्ता पोखरेलले भने, 'उनलाई राखिएको स्थान र सुविधा मावअधिकारको दृष्टिले उचित देखेनौं, कैदीको सुरक्षा मिलाउने जिम्मा राज्यको हो, त्यसैले यसमा राज्य उम्किन पाउँदैन ।' 

    रवि लामिछानेले कारागार भित्रको कारागारमा आफूलाई राखियो भन्ने गुनासो गरिरहेका बेला आयोगले उनलाई राखिएको कारागारको अनुगमन  भ्रमण आयोगले गरेको थियो । आयोगका प्रवक्ता पोखरेलले बिगो बापतको रकम तिरेर कानुनी लडाइ लड्न चाहने रविले त्यो अधिकार प्रयोग गर्न पाउनुपर्ने संकेत गरेका छन् ।

    पोखरेलले भने, 'हामीले कारागारलाई मानवअधिकार मैत्री बनाउनका लागि सरकारकालाई बारम्बार सिफारिश गर्दै आएका छौं । यद्यपि आयोगको सिफारीश सरकारबाट कार्यान्वयन नहुनु अर्को ठुलो समस्या हो ।' राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलसंगको कुराकानी हेरेर हामीलाई अवश्य प्रतिक्रिया दिनुहोला । 


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij