Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सजिलो छैन ठेला गुडाउन (भिडियोसहित)

सजिलो छैन ठेला गुडाउन (भिडियोसहित)

बुधबार, चैत १३ २०८१
बुधबार, चैत १३ २०८१
  • काठमाडौं। चप्पल आयो चप्पल, सस्तो र टिकाउ  चप्पल लिनुहोस् । काठमाडौंका गल्ली गल्ली पुगेर यसरी नै चिच्चाउछन् चोमराज दाहाल । काभ्रे बेथानचोक गाउँपालिका ३ का चोमराजले साँझ–बिहान खाने खर्च जुटाउन ठेलामा खत्र्याकखुत्रुक राखेर दिनभरि बजार डुलेर व्यापार गर्छन्  । २०७२ सालमा श्रीमतीको उपचारकालागि काठमाडौं छिरेका उनलाई काठमाडौं छोड्न मन लागेन ।  काठमाडौंमा धेरै सम्भावना देखेपछि यतै बस्ने निधो गरे ।

    images

    उनले भने ‘भूकम्पमा परेर श्रीमतीको खुट्टा भाच्चियो । उनलाई उपचार गराउन काठमाडौं आएको त्यसपछि यताको यतै भइयो छोड्न सकिएन ' अहिले परिवारसंगै डेरा गरेर बसेका छन् चोमराज । चर्को घाम होस् या झरी उनी ठेला गाडा लिएर काठमाडौंका गल्ली गल्ली चाहर्छन् । उनको ठेलामा महिला पुरुष अनि बच्चाले लगाउने सबैखाले चप्पल पाइन्छ । सबैखाले चप्पल राखेकालेपनि  ग्राहक उनकै ठेलामा अडिन्छन् । 

    उनको कमाइबाटै घरखर्च र छोराछोरीको पढाई खर्च चलेको छ । उनी सुनाउँछन् ‘यो व्यवसायमा जति लगानी गर्यो त्यही अनुसार फाइदा हुन्छ । ५ हजार लगानी गर्न सके हजार रुपैयाँ फाइदा हुन्छ । अहिले मेरो दैनिक  हजार १२ सय फाइदा छ ’ कहिलेकाहीँ व्यापार नभएको नमिठो अनुभव पनि उनीसंग छ । गल्ली गल्ली चहार्दाको दुखपनि उस्तै रहेको उनले सुनाए । 

    हिँड्नुको दुखसंगै महानगरपालिकाको भय पनि चोमराजलाई छ । उनी सुनाउँछन् ‘ बजारमा ठेला गुडाएर दुई/चार पैसा कमाउन त्यति सजिलो कहाँ छ र रु दुख गरेअनुसार कमाई छैन । त्यहीँ पनि नगरपालिकाको डर पनि छ । नगर प्रहरी आइपुग्यो भने त बेतोडसित भाग्नु पर्छ । कमाइको आधार नभएकालाई सुखले ठेला गुडाएर हातमुख जोर्न पनि  कठिन छ ।’ संघर्षबाट सफलता पाउने आशामा उनी छन् । दु:ख सुख गरी देशमै बस्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij