Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

वीरगंजमा फैलिँदै हैजाको प्रकोप

वीरगंजमा फैलिँदै हैजाको प्रकोप

आइतबार, भदौ १५ २०८२
आइतबार, भदौ १५ २०८२
  • केही समयदेखि वीरगंजमा फैलिरहेको हैजाबाट धेरैजनाले ज्यान गुमाएका छन्। वीरगंजका विभिन्न क्षेत्रहरुमा यसको प्रकोप फैलिएको छ। पर्साको वीरगञ्ज महानगरपालिकामा व्यापक रुपमा  हैजा फैलिएपछि पर्साको पोखरी उपमहानगरपालिका र बारामा धैरैजनामा हैजाको संक्रमण पुष्टि भएको छ। अन्य जिल्लामा पनि झाडापखालाका बिरामी बढ्दै जाँदा हैजाको प्रकोप अझै गम्भीर बन्दै गएको छ । 

    images

    वि. स. २०८२ मा नेपालमा हैजा को प्रकोप फैलिएको छ। विशेष गरी, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा यो प्रकोप सबैभन्दा ठूलो रूपमा देखा परेको छ।

    असार २४, २०८२  मा, वीरगञ्जका विभिन्न वडाहरूमा ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसपछि, असार २५ मा यो सङ्ख्या ७९ पुगेको थियो।  र असार २६ मा ९३ जना संक्रमित भएको जानकारी प्राप्त भएको छ।

    यस प्रकोपका कारण तीन जनाको मृत्यु भएको छ र ३ सय भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन्।

    वीरगञ्जसहितका विभिन्न क्षेत्रमा देखिएको हैजाको प्रकोपले फेरि नेपालमा पानीजन्य रोग नियन्त्रण र स्वच्छता व्यवस्थापनको गम्भीर अवस्था उजागर गरेको छ। पछिल्लो विवरणअनुसार संक्रमितको संख्या दर्जनौँ पुगेको छ भने तीन जनाको ज्यान गइसकेको छ। यो परिस्थिति केवल एउटा शहर वा प्रदेशको मात्र समस्या होइन, सिंगो राष्ट्रकै चुनौती हो।

    हैजाको मुख्य कारण दूषित पानी र कमजोर सरसफाइ हो। नेपालजस्तो विकासोन्मुख मुलुकमा पाइपलाइन प्रणाली पुरानो, ढल व्यवस्थापन अव्यवस्थित, र दूषित खानेपानी सर्वसाधारणको दैनिक जीवनको हिस्सा बनेको छ। यस्तो पृष्ठभूमिमा हैजा फैलिनु अनपेक्षित नभए पनि  निराशाजनक पक्कै हो। 

    सरकार र स्थानीय तहले तत्कालीन राहत र उपचारमा सक्रियता देखाएका छन्—जस्तै नि:शुल्क स्वास्थ्य शिविर, बिरामीको निःशुल्क परीक्षण तथा औषधि वितरण, सुरक्षाकर्मी परिचालन, र समुदायस्तरमा सचेतना कार्यक्रम। तर, दीर्घकालीन दृष्टिकोणमा भने हाम्रो नीति अझै कमजोर छ। हैजा नियन्त्रणका लागि अस्थायी उपचारभन्दा बढी दिगो समाधान अनिवार्य छ।

    यसमा हामीले अब ध्यान दिनुपर्ने कुरा भनेको स्वच्छ पानीको पहुँच सुनिश्चित गर्ने हो । जसमा जलस्रोतको नियमित परीक्षण, पाइपलाइन र ट्याङ्की सफा गर्ने, र हरेक घरसम्म शुद्ध पानी पुर्याउनेमा विशेष ध्यान दिनुपर्छ। साथै हैजाका लक्षण, रोकथाम र समयमै उपचारबारे विद्यालयदेखि समुदायसम्म निरन्तर सचेतना फैलाउने प्रयास गर्न जरूरी छ। यसको पूर्वतयारी र जोखिम व्यवस्थापनको लागि मनसुन सुरु हुनुअघि जोखिमयुक्त क्षेत्रमा नियमित पिउने पानी परीक्षण र प्राथमिक उपचार केन्द्र सञ्चालन गर्नुपर्छ। 
    स्वास्थ्य, खानेपानी, स्थानीय सरकार र समुदायबीच सहकार्य सुदृढ गर्दै पारदर्शी र तथ्यआधारित सूचना प्रवाह गर्नुपर्छ । वीरगञ्जमा फैलिएको यो हैजा प्रकोप २०६६ सालको जाजरकोट प्रकोपपछि देखिएको सबैभन्दा ठूलो खतरा मानिएको छ। यसले चेतावनी दिएको छ कि असुरक्षित पानी र कमजोर स्वास्थ्य संरचना सुधार नगरेसम्म यस्तो संकट पुनः दोहोरिरहनेछ। नेपालले अब तत्काल कार्ययोजना र दीर्घकालीन रणनीति दुवै अपनाउनैपर्छ। हैजाले दिएको पीडा नेपालीहरुको  लागि ठूलो पाठ हो। यस पाठलाई अवसरमा रूपान्तरण गर्न सकिए मात्र भविष्यमा हजारौँ जनताको जीवन जोगाउन  सकिन्छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij