Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४९ पुग्यो

बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४९ पुग्यो

आइतबार, असोज १९ २०८२
आइतबार, असोज १९ २०८२
  •  

    images

    काठमाडौँ । शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।
    नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ । 
    पहिरोमा परी मृत्यु भएकामध्य ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएकी छिन् । क्षतिको विस्तृत विवरण आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
    पहिरोमा परी सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका ६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी हालसम्म ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
    त्यसैगरी विपदमा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक एक जना बेपत्ता भएका छन् ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij