Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

असल नेतृत्वको पर्खाइमा अघिल्लो पुस्ता- फोटोफिचर

असल नेतृत्वको पर्खाइमा अघिल्लो पुस्ता- फोटोफिचर

बुधबार, पुस २३ २०८२
बुधबार, पुस २३ २०८२
  • काठमाडौं। काठमाडौँको पशुपति क्षेत्र, जहाँ एकातिर मोक्षको आशामा जलिरहेका चिताहरू देखिन्छन् भने अर्कातिर नजिकै वृद्धाश्रमको आँगनमा भेटिन्छन्- लामो जीवन हिँडिसकेका बा-आमाहरू!

    images

    WhatsApp Image 2026-01-07 at 6.03.06 PM (1).jpeg

    सरकारद्वारा सञ्चालित नेपालकै सबैभन्दा पुरानो वृद्धाश्रम हो- पशुपति वृद्धाश्रम। यहाँका यी अघिल्लो पुस्ताका अनुहारका प्रत्येक रेखामा संघर्षको एउटा छुट्टै महाकाव्य कोरिएको भान हुन्छ। ती गालाका पत्रहरू र आँखाहरूको गहिराइले कहिले सन्तानको सम्झना त कहिले समयको निष्ठुरीपनको कथा सुनाउँछन्। उनीहरू सबैलाई आ-आफ्नो कथा सुनाइरहेका भेटिन्छन्।

    WhatsApp Image 2026-01-07 at 6.03.02 PM (1).jpeg

    WhatsApp Image 2026-01-07 at 6.10.08 PM.jpeg
    पशुपती वृद्धाश्रमका आमाहरू

    हामी त्यहाँ पुग्दा उनीहरू आ-आफ्नै धुनमा थिए। कोही जीवनका इतिहास सम्झिँदै घाममा पल्टिरहेका थिए भने कोही साथीहरूसँग भोगाइहरू साट्दै थिए। वृद्ध आमाहरू बत्ती कात्दै हुनुहुन्थ्यो। घरिघरि त्यहीँ नाच चल्थ्यो त कहिले भजनले माहोल गुञ्जायमान हुन्थ्यो। कोही ताली बजाएरै पनि त्यो रमाइलो परिवेशमा उल्लास थपिरहेका देखिन्थे।

    WhatsApp Image 2026-01-07 at 6.10.23 PM.jpegWhatsApp Image 2026-01-07 at 6.03.03 PM (1).jpeg

    WhatsApp Image 2026-01-07 at 5.59.56 PM.jpeg

    यो अघिल्लो पुस्ता नेपालको वर्तमान परिवेशका बारेमा निकै जानकार छ। पछिल्लो समय घटित आन्दोलन र चुनावी माहोलबारे उनीहरूबाट भरपूर सुन्न पाइयो। फागुन २१ गतेको चुनाव उनीहरूका लागि पनि विशेष छ। उनीहरू चाहन्छन्- नेतृत्वमा जो आए पनि नेपाललाई धोका दिने पात्र नआओस्। उनीहरू भन्छन्, ‘अब पुराना नेतादेखि मन मर्यो, नयाँ नै आउनुपर्छ।’

    WhatsApp Image 2026-01-07 at 6.03.06 PM.jpeg

    WhatsApp Image 2026-01-07 at 5.59.46 PM.jpeg

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij