Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

बन्द उद्योग सञ्चालनमा ल्याइने

बन्द उद्योग सञ्चालनमा ल्याइने

बुधबार, असार ३ २०८३
बुधबार, असार ३ २०८३
  • काठमाडौं ।  सरकारले लामो समयदेखि बन्द रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योगलाई चालु आर्थिक वर्षभित्र पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ।

    images

    प्रतिनिधिसभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न कपडा तथा धागो उद्योगको पुनर्सञ्चालनसँगै कपासखेती प्रवर्द्धन गर्ने योजना पनि सरकारले अघि बढाएको छ।

    उनले रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूको पुनर्जीवनका लागि सात वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कनको कामसमेत अगाडि बढाइएको बताइन्।

    बैठकमा मन्त्री कुमारीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको जानकारी दिँदै यसले इन्धनमा रहेको परनिर्भरता र आयात घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

    उनले भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) जाँच गर्ने प्रणालीसम्बन्धी अन्योल हटेको र उक्त व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको बताइन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij