काठमाडौं । नेपाल जस्तो देशमा राजनीतिक नेतृत्वको लागि कि विचार कि त युवा पुस्ता आवश्यक छ भन्ने धारणा राख्नेको संख्या बढ्दै छ। त्यसकारण पनि यो गहन विषय बन्दैछ । चिया पसलदेखि चौतारासम्म यहि विषयमा आम मानिसको चासो सुनिन्छ । समाजमा युवाले नेतृत्व लिनुपर्छ भन्ने सामाजिक मनोविज्ञान धेरै पहिलेदेखि नै थियो । तर अहिले यही मनोविज्ञान नेपाली समाजमा व्याप्त छ।
आम युवाहरुको राजनीतिप्रति वितृष्णा जागेका बेला दलकै नेतृत्वले राम्रो काम गर्न सकेको अवस्था छैन । देशको दुरदशा हेर्दा जता ततै भ्रष्टाचार, र अत्याचारले देश खोक्रो जस्तै देखिन्छ । यस्तै धारणा राख्छिन्, कुसुम रिजाल । बुढापाका नेताका कारण खोक्रो बनेको कुसुमको धारणा छ ।
उनी भन्छिन्, 'देश युवाले हाँक्नुपर्छ । जसले जति सक्छ, त्यति नै भार दिने हो । बुढाहरूले मात्र अब देशको भार उठाउन सक्दैनन् । युवाको पोटेन्सिल मापन्ड हुने भएकाले देश हाँक्न सक्षम हुन्छन् । तर सर्त के भने उसले देश बुझेको हुनुपर्छ ।'
उनलाई अहिलेसम्म भएका आन्दोलनको खासै उपलब्धि भएन जस्तो लाग्छ । युवाले राजनीतिमा आए परिवर्तन सम्भव छ भन्ने कुरा बालेन्द्र साहले प्रमाणित गरे भन्दै बालेन जस्तै नेता मूलधारको राजनीतिमा आउनुपर्ने धारणा कुसुमको छ ।
थप, कुसुम रिजालको यो विचार सुनेर हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला ।


